News Portal

धरान वडा नं. ३ मा सत्तारुढ गठबन्धनको प्यानलै विजयी

हिमालीसंचार संवाददाता
४६६ पटक

धरान – धरान उपमहानगरपालिका धरानको वडा नं ३ मा सत्तारुढ गठबन्धनको प्यानल विजयी भएको छ । निर्वाचन कार्यालयले वडा ३ को अन्तिम मतपरिणाम सार्वजनिक गरी सत्तारुढ गठबन्धनको प्यानलै विजयी भएको धोषणा गरे।

धरानको वडा नं. ३ मा १९८७ मत खसेको थियो । खसेको मतमध्ये वडाअध्यक्षमा सत्तारुढ गठबन्धनबाट नेपाली कांग्रेसका अध्यक्ष विद्या शाक्य विजयी भएका हुन् । शाक्यले १०४२ मत प्राप्त गरेका थए। पाख्रिनले ६२५ मत प्राप्त गरेका थिए।

यस्तै, महिला सदस्यमा सत्तारुढ गठबन्धनका उषा सुब्बाले १०४२ मत प्राप्त गरी विजयी भइन्। खुला सदस्य मनिष खड्गीले ११०६ मतले प्राप्त गरी विजयी भएकी छिन्। मिङ्मा भोटेले ९९९ मत प्राप्त गरी विजयी भएकी छिन् । 

धरानको वडा नं. ३ सत्तारुढ गठबन्धनका मेयर रदका उम्मेदवार किशोर राईले ७२० मत प्राप्त गर्दै अग्रस्थान कायम गरिरहेका छन् भने स्वतन्त्रबाट मेयर पदका उम्मेदवार हर्क साम्पाङले ५१४ मत प्राप्त गरी दोस्रो स्थानमा छन् त्यस्तै, एमालेकी उम्मेदवार मञ्जु भण्डारीले ४०७ मत प्राप्त गरेकी छन् ।

त्यस्तै, उपमेयर पदका उम्मेदवार सत्तारपढ गठबन्धनका उम्मेदवार अइन्द्रबिक्रम बेघाले ८२३ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका उम्मेदवार पदम इस्वोले ४९७ मत प्राप्त गरेको निर्वाचन कार्यालयले जानकारी दिए। 

प्रतिकृया दिनुहोस्

६ परिवार आर्सेनिकयुक्त पानी पिउन बाध्य

 रबिन्द्र बराल मोरङ — मोरङको रङ्गेली नगरपालिका–७ शुक्रबारेस्थित जर्बी टोल जाने सडक छेउमा बसोबास गर्ने...

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...