News Portal

  • सातामा दुई दिन सार्वजनिक बिदा दिने सरकारको निर्णय कार्यान्वयनमा

    हिमालीसंचार संवाददाता
    ३८१ पटक

    काठमाडौँ। शनिवार र आईतवार सार्वजनिक बिदा दिने सरकारको निर्णय आजबाट कार्यान्वयनमा आएको छ। यो बिदा परीक्षणको रुपमा रहने सरकारले जनाएको छ।

    अन्तर्राष्ट्रिय बजारमा पेट्रोलियम पदार्थको अभाव भएसँगै नेपालमा पनि त्यसको असर परेको हो। सातामा दुई दिन बिदा हुने भएपनि अन्य पाँच दिन भने बिहान ९ः३० बजेदखि ५ः३० बजेसम्म कार्यालय खुल्ने सूचना नेपाल राजपत्रमा प्रकाशित भइसकेको छ।

    पेट्रोलियम पदार्थको खपतलाई कम गर्नको लागि सरकारले हप्तामा दुई दिन बिदा दिने निर्णय गरेको थियो। दुई दिन सार्वजनिक बिदा दिँदा पेट्रोलियम पदार्थको आायात कम गर्न सकिने भएकोले यसले अर्थतन्त्र सुधारका लागि सहयोग पुग्ने सरकारको लक्ष्य छ।

    तर निजी विद्यालयहरुले भने यसको बिरोध गर्दै आएका छन्। विद्यार्थीहरुको पठनपाठनमा समस्या पर्ने भन्दै निजी विद्यालयहरुले विद्यालय बन्द नगर्ने बताइसकेका छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    धरान फर्किएर भावुक बने हर्क साम्पाङ, विदेशी टेकओभरको चिन्ता

    धरान, भदौ ३१ – धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ जेएनजी आन्दोलनपछि काठमाडौंबाट फर्किएर धरानमा पत्रकारहरूसँग...

    प्रधानमन्त्री कार्कीको आग्रह अस्वीकार, डा. रुइतको जवाफ– ‘बिरामीलाई छाडेर सरकारमा आउन सक्दिन’

    काठमाडौं, भदौ ३१ – प्रधानमन्त्री सुशीला कार्कीले वरिष्ठ नेत्र रोग विशेषज्ञ डा. सन्दुक रुइतलाई सरकारले...

    पार्टी कार्यालयको अवलोकनमा प्रचण्ड

    काठमाडौं, भदौ ३१ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज पार्टीको केन्द्रीय...

    आज २०८२ साल भदौ ३१ गतेको राशिफल

    आज भदौ ३१, २०८२ (सेप्टेम्बर १६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...