News Portal

कोरोनाका कारणले इन्टरनेट प्रयोगकर्ता दोब्बरले बढ्यो

हिमालीसंचार संवाददाता
२३८ पटक

काठमाडौं – कोभिड १९ को महामारीले इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा झण्डै दोब्बरले बढेका छन्। एकातर्फ कोभिड महामारीका कारणले ‘वर्क फ्रम होम’ अर्थात् घरमै बसीबसी कार्यालयको काम गर्न सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या बढाएको हो। अर्कोतर्फ विद्यालयको पठनपाठन पनि भर्चुअल अर्थात् अनलाइनमाध्यमबाट सम्भव भएकाले पनि इन्टरनेट प्रयोगकर्ताको सङ्ख्यामा तुलनात्मक रूपमा वृद्धि भएको थियो।

नेपाल दूरसञ्चार प्राधिकरणका अनुसार आर्थिक वर्ष २०७५/७६ मा इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या एक करोड ९४ लाख ४१ हजार सात सय १० रहेको थियो । आर्थिक वर्ष २०७६/७७ मा कोभिड १९को संक्रमण देखिएसँगै इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या करिव २४ लाख बढेर २ करोड १८ लाख तीन हजार ३ सय ४५ पुगेको थियो। आर्थिक वर्ष २०७७/७८ मा भने इन्टरनेट प्रयोगकर्ताको सङ्ख्या विगतको वर्षको तुलनामा अझै बढेर ३ करोड ९ लाख ९३ हजार एक सय ८५ पुग्यो।

प्राधिकरणको आर्थिक वर्ष २०७७/७८ को वार्षिक प्रतिवेदन अनुसार २०७७ को असार मसान्तसम्म तीन करोड ९ लाख ९३ हजार एक सय ८३ इन्टरनेट प्रयोगकर्ता रहेका छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...