News Portal

तालिवानको नयाँ निर्णय: श्रीमान–श्रीमतीलाई रेस्टुरेन्टमा सँगै खान बन्देज

हिमालीसंचार संवाददाता
३९९ पटक

अफगानिस्तान। तालिबानले अफगानिस्तानको पश्चिमी हेरात प्रान्तमा पुरुषहरूलाई अब परिवारका सदस्यसँग बसेर रेस्टुरेन्टमा खान बन्देज लगाएको छ। यसका अतिरिक्त पार्कमा पनि पुरुष र महिलालाई सँगै जान रोक लगाइएको छ।

अफगानिस्तानको नवगठित सदाचार प्रवद्र्धन तथा दुराचार नियन्त्रण मन्त्रालयले लागू गरेको यो नियम श्रीमान–श्रीमतीमा पनि लागु हुनेछ। एक अफगान महिलाले हालै उनी आफ्नो श्रीमानसँग हेरात रेस्टुरेन्टमा जाँदा त्यहाँकी प्रबन्धकले उनलाई श्रीमानबाट अलग बसेर खाना खान भनेको बताइन्।

सदाचार प्रवद्र्धन तथा दुराचार नियन्त्रण मन्त्रालयका अधिकारी रियाजुल्लाह सिरातले हेरातका पार्कहरूमा पनि मन्त्रालयले यस्तै आदेश जारी गरेको बताए। अब त्यहाँका पार्कमा पुरुष र महिलाहरु फरक–फरक दिनमा मात्र पार्कमा जान पाउँछन्।

अब पार्कहरु बिहीबार, शुक्रबार र शनिबार महिलाका लागि खुल्नेछन् भने आइतबार, सोमबार, मंगलबार, बुधबार पुरुषहरूका लागि खुला हुनेछन्। यसअघि नै तालिबान सरकारले देशका महिलाहरूमाथि धेरै प्रतिबन्ध लागू गरिसकेको छ।

तालिवानको शासनपछि महिलालाई एक्लै यात्रामा हिँड्न, सवारी साधन चलाउन, विज्ञापनमा महिलाको अनुहार प्रयोग गर्न प्रतिबन्ध लागेको छ। अब लामो यात्रामा निस्किने बेला महिलाले पुरुषलाई साथमा लैजानुपर्ने हुन्छ भने सार्बजनिक स्थानमा हिजाब अनिवार्य लगाउनुपर्छ।

तालिबानले माध्यमिक तह र त्यसभन्दा माथिको शिक्षामा महिला विद्यार्थीलाई बन्देज लगाएको छ। पश्चिमी मुलुकहरुले तालिवानमाथि महिलाहरु माथिको प्रतिबन्ध खुकुलो बनाउन दबाब दिइरहेका छन्। तालिवानले भने आफूहरु माथिको प्रतिबन्ध हटाउने विषयमा छलफल हुँदा यो विषयलाई लेनदेनको विषय बनाउने सोच राखेको जस्तो देखिन्छ।

अफगानिस्तानमा तालिवानको सत्ता फर्किएपछि पश्चिमी मुलुकले तिनका बैंकमा जम्मा भएका अफगान कोषलाई फ्रिज गरिदिएको छ। यसले तालिबान शासनले ठूलो आर्थिक कठिनाई भोगिरहेको छ। – एजेन्सी

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...