News Portal

सिन्धुलीमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु

हिमालीसंचार संवाददाता
२०० पटक

सिन्धुली – सिन्धुलीको दुधौली नगरपालिका–३ चारघरेमा शुक्रबार साँझ मोटरसाइकल दुर्घटना हुँदा एक जना महिलाको मृत्यु भएको छ । मोटरसाइकलमा पछाडी सवार स्थानीय ६० वर्षीया आइतमाया सार्की रहेकी छन् ।

दुर्घटनामा गम्भीर घाइते भएकी सार्कीको उपचारको क्रममा प्राथमिक स्वास्थ्य चौकी सिर्थौलीमा मृत्यु भएको प्रहरीले जनाएको छ । मोटरसाइकलमै सवार घाइते भएकी दुर्गामाया भुजेलको सोही स्वास्थ्यचौकीमा उपचार भइरहेको छ । तीन जना सवार रहेको नम्बर नखुलेको मोटरसाइकल हिजो साँझ सवा ५ बजे अनियन्त्रित भई दुर्घटना भएको थियो । 

दुर्धटनापछि मोटरसाइकलसहित फरार रहेका चालकको खोजी भइरहेको इलाका प्रहरी कार्यालय डकाहाले जनाएको छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १४ गतेको राशिफल

आज चैत १४, २०८२ ( मार्च २८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

प्रधानमन्त्री बालेनको शपथ समारोहमा अधिकांश पूर्वप्रधानमन्त्री उपस्थित, ओली भने आएनन्

काठमाडौं, १३ चैत – नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)को शपथ ग्रहण समारोहमा धेरैजसो पूर्वप्रधानमन्त्रीहरू सहभागी भएका...

बालेन सरकारलाई कुलमान घिसिङको बधाई, रचनात्मक सहयोग र खबरदारी गर्ने प्रतिबद्धता

काठमाडौं, १३ चैत – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाह (बालेन)लाई बधाई...

बालेन सरकारका मन्त्रीको नाम टुंगो लाग्यो, को-को मन्त्री बन्दैछन्?

काठमाडौं– रास्वपा वरिष्ठ नेता बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदैछन्। प्रधानमन्त्रीको शपथ लिएसँगै बालेनले आजै...

आज २०८२ साल चैत १३ गतेको राशिफल

आज चैत १३, २०८२ ( मार्च २७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...