News Portal

भारतीय स्टील उद्योगमा विष्फोट, नौ जनाको मृत्यु

हिमाली संचार संवाददाता
६६१ पटक

नयाँ दिल्ली -भारतको मध्य क्षेत्रमा रहेको छत्तिसगढ राज्यस्थित एक स्टील कारखानामा विस्फोट हुँदा कम्तीमा नौ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बताएका छन् ।

प्रान्तीय राजधानी राइपुरबाट करिब ३० किलोमिटर टाढा भारतीय स्टील प्राधिकरण अन्तर्गतको भिलाई स्टील उद्योगको ग्यास पाइपलाइन विष्फोट हुँदा भएको दुखद घटनामा नौ जनाको मृत्यु भएको छ भने बाँकी १४ जना घाइते भएका छन्, भारतीय प्रहरी महानिरिक्षक जि.पी. सिंहले सञ्चारमाध्यमलाई बताए ।

विष्फोट भएको केही समयभित्रै प्रहरी घटनास्थलमा पुगेर घाइतेहरूको उद्धार गरेको स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

स्थानीय प्रहरीले अकस्मात भएको विष्फोटबारे छानविन समिति बनाइएको छ । अनुसन्धान पहिले विष्फोटबारे धेरै कुरा गर्नु र कुनै निर्णयमा पुगिहाल्नु छिटो हुने भएकोले यसबारे बिस्तृत कुरा छानविन पछि आउने सिंहले बताए ।

उक्त उद्योगमा चार बर्ष पहिले पनि विस्फोट भएको थियो । उक्त घटनामा चार श्रमिकको मृत्यु भएको थियो ।

प्रतिकृया दिनुहोस्

ओली–लेखक प्रकरणमा लामिछानेको प्रतिक्रिया: शहीदकी आमाको न्याय पहिलो प्राथमिकता

काठमाडौं, १९ चैत — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले प्रतिनिधिसभामा बोल्दै न्यायको पहिलो हक...

संख्याको बलमा हुने प्रतिशोध अन्त्य गर्ने प्रतिबद्धता, सुशासनको गति नरोकिने : रवि लामिछाने

काठमाडौं, १९ चैत – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदभित्र अब संख्याको आडमा गरिने...

सहकारी पीडितका समस्या बुझ्न मन्त्री रावल सक्रिय, समाधानका उपाय खोजिँदै

काठमाडौं, चैत १९ – सहकारी क्षेत्रमा देखिएको समस्यालाई समाधान गर्ने उद्देश्यसहित सरकार सक्रिय देखिएको छ।...

वैशाख १ देखि काठमाडौंमा रात्रिकालीन बस सेवा सुरु हुने

काठमाडौं, १९ चैत – हिमाली संचार संवाददाताका अनुसार काठमाडौं महानगरपालिकाले रातिको समयमा पनि सार्वजनिक यातायात...

आज २०८२ साल चैत १९ गतेको राशिफल

आज चैत १९, २०८२ ( अप्रिल २, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...