News Portal

घोराहीमा अर्कैले थाह नदिई मतदान गरिदिए, भोट दिन नपाउदा मतदाता आक्रोशित

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाडौं – घोराही उपहानगरपालिका-१७ की अमृता पुन शुक्रबार बिहान मतदानका लागि जान भ्याइनन् । घरको काम सकेर दिउँसो मात्रै मतदानका लागि निर्वाचन केन्द्र जाने निधो गरेकी उनी अपराह्न ४ बजेतिर मतदान केन्द्र पुगिन् । त्यही बेला पानी पर्यो, रुझ्दै मतदान केन्द्र प्रवेश त गरिन् तर उनले मत भने हाल्न पाइनन् । उनलाई निर्वाचनका लागि खटिएका कर्मचारीले मत हालिसकेको भन्दै फिर्ता गरिदिए।

तर अमृताले भने मत हालिसकेकी थिइनन् । उनले कर्मचारीसमक्ष अनुरोध पनि गरिन् । तर उनको नाममा मत हालिसकेको भन्दै कर्मचारीले मान्दै मानेनन् । नभन्दै उनको नाममा अरू कसैले मत हालिसकेको रहेछ। ‘पानीमा रुझ्दै भोट हाल्ने भनेर आएँ, तर मैले भोट हाल्नै पाइनँ,’ उनले भनिन्, ‘मेरो नाममा अरू कसैले पहिले नै भोट हालिसकेछ।

५ वर्षपछि मताधिकार प्रयोग गर्ने अवसर थियो उनलाई। आफ्नो मतले आउँदो ५ वर्षका लागि जनप्रतिनिधि चुन्ने योजना तुहिएपछि अमृतामा आक्रोश देखिन्थ्यो, अनि असन्तुष्टि पनि उत्तिकै । मेरो नामबाट अर्कैले भोट हाल्न मिल्छ भने यो कस्तो चुनाव हो ?’ आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...