News Portal

सिम्तामा मतदान अधिकृतसहित कर्मचारी घेराबन्दीमा

हिमालीसंचार संवाददाता
२८७ पटक

सिम्ता – सुर्खेतको सिम्ता गाउँपालिकाको एक मतदान केन्द्रमा मतदान स्थगित भएको छ। सिम्ता गाउँपालिका–१ खनेटास्थित भगवती माध्यमिक विद्यालय मतदान केन्द्रमा दिउँसो २ बजेदेखि मतदान स्थगित भएको हो।

मत पत्रमा मतदान अधिकृतको हस्ताक्षर नभएको पाइएको भन्दै दलका कार्यकर्ताहरूले ढुंगामुढा गरेपछि मतदान स्थगित भएको सिम्ताका निर्वाचन अधिकृत नारायण सापकोटाले जानकारी दिए । उनले भने,‘दलका कार्यकर्ताले मतदान केन्द्र घेरिरहेका छन् । 

मतदान केन्द्रमा खटिएका मतदान अधिकृत टोपबहादुर रानासहितका कर्मचारीसमेत केन्द्रभित्र थुनिएका छन् ।’उनका अनुसार सुरक्षा व्यवस्था थप कडा नगरेसम्म मतदान सुचारु गर्न नसकिने बताए ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...