News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • स्थानीय तहका गाउँपालिका सभा अब संसदीय अभ्यासमा

    हिमालीसंचार संवाददाता
    १८५ पटक

    काठमाडौं – स्थानीय तहको निर्वाचनपछि स्थानीय तहका गाउँ र नगरसभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन हुने भएका छन् । नेपाल नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंखले गाउँ र नगरसभालाई पूर्ण रूपमा संसदीय अभ्यासमै सञ्चालन गर्ने गरी अहिले देखि नै गृहकार्य गरिरहेका छन् । गाउँ र नगरसभा पालिकाको कानून निर्माण गर्ने संसद् भएकाले सभा पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्नुपर्ने स्थानीय तहको गाउँ, नगर र जिल्ला सभा सञ्चालन कार्यविधिमा उल्लेख गरि एको छ ।

    २०७४ सालमा निर्वाचित गाउँ र नगरसभाका सदस्य पहिलो पटक निर्वाचित भएकाले संसदीय अभ्यासका बारेमा जानकार थिएन । सुगम स्थानीय तहका के ही पालिकाले निर्वाचन भएको तेस्रो वर्षदेखि मात्र संसदीय मर्मअनुसार गाउँ र नगरसभा सञ्चालन गरे पनि अधिकांश पालिकाका गाउँ तथा नगरसभा संसदीय मर्मअनुसार सञ्चालन हुन सकेका थिएन ।

    गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका कार्यकारी निर्देशक राजेन्द्रप्रसाद प्याकुरेलले २०७९ को स्थानी तहको निर्वाचनबाट बन्ने गाउँ र नगर सभालाई पूर्ण रूपमा संसदीय मर्मअनुसार सञ्चालन गर्ने गरी अहिलेदेखि नै गृहकार्य भइरहेको बताए । “निर्वाचित जनप्रतिनिधिलाई संसदीय अभ्यासका बारेमा आवश्यक प्रशिक्षण प्रदान गर्ने र सोहीअनुसार पालिकाको सभा सञ्चालन गर्ने गरी महासङ्घले यो जना बनाएको छ,” उनले भने , “पालिकाका लागि आवश्यक कानुन बनाउने गाउँ र नगर सभा स्थानीय संसद् भएकाले संसदीय मर्मअनुसार सभा सञ्चालन गर्नुपर्छ ।” 

    उनका अनुसार स्थानीय व्यवस्थापिकाको कार्यमा विधायिकी र गैरविधायिकी गरी दुई प्रकार का काम हुने छ । गाउँ र नगर सभाको विधायिकी कार्यअन्तर्गत कानुन निर्माण गर्ने, कानुन संशोधन गर्ने, गाउँपालिका र नगरपालिकाको नीति तथा कार्यक्रममाथि छलफल गरी पारि त गर्ने वार्षिक बजेटमाथि छलफल एवं पारित गर्ने विषयमा निर्वाचित जनप्रतिनिधिलाई निर्वाचित भएलगत्तै प्रशिक्षण प्रदान गरिने छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।

    प्रतिकृया दिनुहोस्

    सार्वजनिक यातायात ठप्प पार्ने घोषणा : निजी सवारीलाई सार्वजनिक सवारीसरह मान्यता दिइएपछि व्यवसायी आन्दोलित

    काठमाडौं, जेठ १८ — गण्डकी प्रदेश सरकारले निजी सवारीसाधनलाई ‘राइड सेयरिङ’ को नाममा सार्वजनिक सवारीसरह...

    प्रधानमन्त्रीको कडा सन्देश : सुनकोशी–मरिण डाइभर्सन आयोजना ढिलाइमा ठेक्का रद्द हुने सम्भावना

    जनकपुरधाम, जेठ १८ – सुनकोशी–कमला–मरिण डाइभर्सन आयोजना निर्माणमा भइरहेको सुस्त गतिलाई लिएर प्रधानमन्त्री केपी शर्मा...

    गण्डकी सरकारको स्पष्ट सन्देश : ‘नियमावली फिर्ता हुँदैन, वार्तामा बस्न तयार छौं’

    पोखरा, जेठ १८ – राइड सेयरिङ र सेल्फ ड्राइभ सेवालाई विधिसम्मत बनाउँदै गण्डकी प्रदेश सरकारले...

    कमल थापा पक्राउपछि लिङ्देनको घोषणा : अब निर्णायक लडाइँ सुरु हुन्छ

    काठमाडौं, जेठ १८ – काठमाडौं उपत्यकामा जारी राजसंस्था पुनःस्थापनाको आन्दोलनले आज नयाँ मोड लिएको छ।...

    कुवेतस्थित नेपाली दूतावास बारम्बार विवादमा आउनुका कारण ?

    कुवेत, जेठ १८ – कुवेतस्थित नेपाली दूतावासले नेपाली नागरिकहरूलाई विभिन्न कन्सुलर तथा श्रमसम्बन्धी सेवा सुविधा...