News Portal

हुम्लामा डाक्टरसमेत निर्वाचनमा खट्दा, अस्पतालको सेवा प्रभावित

हिमालीसंचार संवाददाता
१९७ पटक

सिमकोट – स्थानीय तहको निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत खटिँदा हुम्ला जिल्लाका जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्लामा एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी स्थानीय तहका निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् ।

जिल्ला अस्पतालका चिकित्सक डा. कैलाश लामा नाम्खा गाउँपालिका– १ हेप्का मतदान केन्द्रमा निर्वाचन अधिकृत भएर खटिएका छन् । अर्की अस्पतालकी सिनियर अनमी सरिता बोहरा नाम्खा गाउँपालिका–३ को खगालगाउँमा मतदान अधिकृत भएर खटिएकी छन् ।

हेल्थ असिस्टेन्ट प्रेम भण्डारी हेप्का, प्रजित भण्डारी मेल्छाम, स्टाफ नर्स अञ्जु मल्ल डाडाँफाया, सुर्ति रोकाय, सिमकोट, पूजा चन्द, छिप्रा, निकिता बिसी, लालीस्थित मतदान केन्द्रमा खटिएका छन् ।

जिल्ला अस्पताल हुम्लामा तीन जना मेडिकल अफिसर, एक जना डेण्टल डाक्टर, दुई जना पारामेडिक्स कर्मचारी र पाँच जना नर्सिङ स्टाफ मात्रै रहेका छन् । प्रयोगशालामा काम गर्ने ७ जना कर्मचारी पनि निर्वाचनमा खटिएपछि प्रयोगशाला सेवा बन्द भएको छ ।

प्रयोगशालामा काम गर्ने स्वास्थयकर्मी भक्ति फडेरा रोडिकोट, रवीन्द्र देवकोटा, अदानचुली, सुनिता तामाङ बराई र शोभा रोकाया सर्केगार्ड, रामराज शाही ताजाँकोट, बलिराज भण्डारी लिमी, र दिपेन्द्र शाही सर्केगार्डमा मतदान गराउन मतदान केन्द्रमा खटिएका छन् ।

अस्पतालमा दैनिक २० जनासम्म बिरामी प्रयोगशाला सेवा लिन आउने गरेका छन् । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिएपछि जिल्ला अस्पतालले आकस्मिक सेवामात्र दिँदै आएको छ ।

स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले स्वास्थ्यको कर्मचारी नखटाउन भने पनि निर्वाचन अधिकृतको कार्यालयले खटाएको गुनासो गरे । ‘नखटाउनु भनेको, कर्मचारी नपुगेर हो वा के भएर हो, खटाएछन्, दुई–तीन दिनलाई ग्याप भइहाल्यो’ उनले भने ।

अस्पताल प्रयोगशालाका सबै कर्मचारी चुनावमा खटिएको उनले स्वीकार गरे । एक जना नजिकैको केन्द्रमा खटिएकाले आकस्मिक काम नरोकिने सिंहले दावी गरे । निर्वाचनको पर्यवेक्षण गर्न हुम्ला आएका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउनु बेठीक रहेको बताए ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...