News Portal

  • हुम्लामा डाक्टरसमेत निर्वाचनमा खट्दा, अस्पतालको सेवा प्रभावित

    हिमालीसंचार संवाददाता
    १३१ पटक

    सिमकोट – स्थानीय तहको निर्वाचनका लागि स्वास्थ्यकर्मीसमेत खटिँदा हुम्ला जिल्लाका जिल्ला अस्पतालको सेवा प्रभावित भएको छ । जिल्लामा एक चिकित्सकसहित १४ जना स्वास्थ्यकर्मी स्थानीय तहका निर्वाचनका लागि विभिन्न मतदान केन्द्रमा खटिएका छन् ।

    जिल्ला अस्पतालका चिकित्सक डा. कैलाश लामा नाम्खा गाउँपालिका– १ हेप्का मतदान केन्द्रमा निर्वाचन अधिकृत भएर खटिएका छन् । अर्की अस्पतालकी सिनियर अनमी सरिता बोहरा नाम्खा गाउँपालिका–३ को खगालगाउँमा मतदान अधिकृत भएर खटिएकी छन् ।

    हेल्थ असिस्टेन्ट प्रेम भण्डारी हेप्का, प्रजित भण्डारी मेल्छाम, स्टाफ नर्स अञ्जु मल्ल डाडाँफाया, सुर्ति रोकाय, सिमकोट, पूजा चन्द, छिप्रा, निकिता बिसी, लालीस्थित मतदान केन्द्रमा खटिएका छन् ।

    जिल्ला अस्पताल हुम्लामा तीन जना मेडिकल अफिसर, एक जना डेण्टल डाक्टर, दुई जना पारामेडिक्स कर्मचारी र पाँच जना नर्सिङ स्टाफ मात्रै रहेका छन् । प्रयोगशालामा काम गर्ने ७ जना कर्मचारी पनि निर्वाचनमा खटिएपछि प्रयोगशाला सेवा बन्द भएको छ ।

    प्रयोगशालामा काम गर्ने स्वास्थयकर्मी भक्ति फडेरा रोडिकोट, रवीन्द्र देवकोटा, अदानचुली, सुनिता तामाङ बराई र शोभा रोकाया सर्केगार्ड, रामराज शाही ताजाँकोट, बलिराज भण्डारी लिमी, र दिपेन्द्र शाही सर्केगार्डमा मतदान गराउन मतदान केन्द्रमा खटिएका छन् ।

    अस्पतालमा दैनिक २० जनासम्म बिरामी प्रयोगशाला सेवा लिन आउने गरेका छन् । स्वास्थ्यकर्मीसमेत निर्वाचनमा खटिएपछि जिल्ला अस्पतालले आकस्मिक सेवामात्र दिँदै आएको छ ।

    स्वास्थ्य सेवा कार्यालय हुम्लाका प्रमुख प्रेम सिंहले स्वास्थ्यको कर्मचारी नखटाउन भने पनि निर्वाचन अधिकृतको कार्यालयले खटाएको गुनासो गरे । ‘नखटाउनु भनेको, कर्मचारी नपुगेर हो वा के भएर हो, खटाएछन्, दुई–तीन दिनलाई ग्याप भइहाल्यो’ उनले भने ।

    अस्पताल प्रयोगशालाका सबै कर्मचारी चुनावमा खटिएको उनले स्वीकार गरे । एक जना नजिकैको केन्द्रमा खटिएकाले आकस्मिक काम नरोकिने सिंहले दावी गरे । निर्वाचनको पर्यवेक्षण गर्न हुम्ला आएका राष्ट्रिय मानव अधिकार आयोगका पूर्वआयुक्त सुदीप पाठकले स्वास्थ्य जस्तो अतिसंवेदनशील क्षेत्रका कर्मचारीलाई निर्वाचनमा खटाउनु बेठीक रहेको बताए ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    पुस मसान्तभित्र जनसम्पर्क समितिको अधिवेशन

    काठमाण्डौ। नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठकले प्रवासमा रहेका नेपालीहरूको सङ्गठनलाई थप सुदृढ गर्न क्षेत्रीय र...

    ओलीको कथन : शिवजी चाम्लिङ थिए कि भन्ने लाग्छ कहिलेकाहीँ

    काठमाडौं, असार २३ – प्रधानमन्त्री केपी शर्मा ओलीले भगवान शिव चाम्लिङ हुनसक्ने सम्भावना व्यक्त गर्नुभएको...

    तनहुँ सेवा समाज कुवेतले नयाँ वर्षको अवसर पारेर २ जनवरी २०२६ मा सांगीतिक धमाका गर्ने

    कुवेत, असार २३  — तनहुँ सेवा समाज कुवेतको १३औँ मासिक बैठक अध्यक्ष सोम बहादुर खत्रीकाे...

    नेपाली जनप्रगतिशील मोर्चा कुवेतका उपाध्यक्ष कैलाश मैनालीको पहलमा कुवेतमा अलपत्र परेका दुई युवाको उद्धार

    कुवेत, असार २३ – रोल्पा जिल्लाका भरत घर्ती मगर र सल्यान जिल्लाका नरेश कुमार वली रोजगारीको...

    भिजिट भिसा दुरुपयोग प्रकरण : छानबिन समिति नबनेसम्म आन्दोलन नरोकिने राप्रपाको चेतावनी

    काठमाडौं, असार २३ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले भिजिट भिसा दुरुपयोग प्रकरणमा संसदीय छानबिन समिति...