News Portal

बझाङमा जीप दुर्घटनामा परी २ को मृत्यु, १२ जना घाइते

आशिष मल्ल
७४० पटक

२३ असोज, डडेल्धुरा – बझाङको बुङ्गल नगरपालिकामा जीप दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ भने १२ जना घाइते छन् ।

बागथलाबाट बिजगडा जाँदै गरेको से १ ज ७२६ नम्बरको जीप मंगलबार बिहान ६ः३० बजे बुङ्गल नगरपालिकाकाे ठिमीबगर भन्ने ठाउँमा दुर्घटना भएको हो । जीपमा चालकसहित १४ जना सवार थिए ।

जिल्ला प्रहरी कार्यालय, बझाङका डीएसपी प्रवीण धितालले दुर्घटनाको पुष्टि गर्दै कञ्चनपुर बेदकोट–५ बस्ने ५६ वर्षीय धनबहादुर बोहरा र ६५ वर्षीया विष्नादेवी बोहोराको ज्यान गएको जानकारी दिए । उनीहरुको घटनास्थलमै मृत्यु भएको हो ।

दुर्घटनामा १२ जना घाइते भएका छन् । उनीहरुको उद्धार गरेर उपचारका लागि लगिएको प्रहरीले जनाएको छ ।

जीप सडकबाट करिब २ सय मिटर तल खसेको छ । दुर्घटनाको कारण नखुलेको  र यसबारे अनुसन्धान भइरहेको डीएसपी धितालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

बालकक्षा व्यवस्थापन तथा शैक्षिक सामग्री निर्माणसम्बन्धी ५ दिने तालिम सम्पन्न

मोरङ, वैशाख १३/रविन्द्र बराल – रंगेली नगरपालिकाले प्रारम्भिक बालविकास सहजकर्ताहरूका लागि ५ दिने क्षमता विकास...

त्रिवि मैदान खाली गर्न ३५ दिने निर्देशन, क्यानलाई पत्र नपुगेको दाबी

काठमाडौं, वैशाख १३ – त्रिभुवन विश्वविद्यालयले कीर्तिपुरस्थित क्रिकेट मैदानसहित आफ्ना विभिन्न जग्गा प्रयोग गर्दै आएका निकायलाई...

अस्थायी शिविरमा सुकुमवासीको गुनासो : पर्याप्त खाना नपाएको आरोप

काठमाडौं, १३ वैशाख – काठमाडौं उपत्यकाका विभिन्न स्थानबाट हटाइएका सुकुमवासीलाई राखिएको अस्थायी शिविरमा खानपान व्यवस्थाप्रति असन्तुष्टि...