News Portal

सुनसरी जिल्लाका विभिन्न पालिकामा निषेधाज्ञा जारी

हिमालीसंचार संवाददाता
२३८ पटक

धरान – सुनसरी जिल्लामा जिल्ला प्रशासन कार्यालय सुनसरीले विभिन्न स्थानीय तहमा घरबाहिर ननिस्कन भन्दै निषेधाज्ञा जारी गरेको छ । निर्वाचन आचारसंहितालाई मध्यनजर गर्दै निषेधाज्ञा जारी गरेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ ।

स्थानीय तहको निर्वाचन हुनुअघि ४८ घण्टे मौन अवधि लागू भएपछि मौन अवधिमा राजनीतिक दलका नेता, कार्यकता र उम्मेदवारहरुले राति मतदाताहरुलाई प्रभावित बनाउन थालेपछि विभिन्न पालिकामा दोहोरो झडप हुने सम्भावना बढेकाले निषेध आदेश जारी गरिएको प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।

सुनसरी जिल्ला प्रशासनले स्थानीय तह निर्वाचन सुरु हुनुभन्दा ठीक १२ घण्टा अघिदेखि निषेध आदेश जारी गरेको छ । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार बिहीबार राति ८ बजेदेखि शुक्रबार बिहान ५ बजेसम्मको लागि निषेध आदेश जारी गरिएको बताए। 

सुनसरी जिल्ला प्रशासनका अनुसार भोक्राहा नरसिंह, कोशी, हरिनगर र देवानगञ्ज गाउँपालिका पूर्ण रुपमा निषेध आदेश जारी गरेको छ । त्यस्तै,  दुहबी नगरपालिकाको वडा नं १, ८ र ९, इटहरी उपमहानगरपालिकाको वडा नं ३, इनरुवा नगरपालिका वडा नं ३, ९ र १० मा पनि निषेधाज्ञा आदेश जारी गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी यादवले जारी गरेको आदेशमा भनिएको छ, ‘निषेध अवधिमा सुरक्षा निकायसँग समन्वय बाहेक व्यक्तिगत वा सामूहिक हिसाबले कोही पनि घर बाहिर ननिस्कन यो आदेश जारि गरिएको छ । आदेश विपरीत भए गरेको पाइएमा वा अटेर गरेको पाइएमा स्थानीय प्रशासन ऐन अनुसार कारबाही गरिने समेत जानकारी गराईन्छ।’

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...