News Portal

भोट हाल्न घर गएका युवा मृत फेला, गठबन्धनले हत्या गरेको आरोप

हिमालीसंचार संवाददाता
४०१ पटक

काठमाडौं – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा बुधबार राति एक युवकको शव भेटिएको छ । मृतक स्थानीय विमल कार्की रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताए ।

कार्की जेसीबी ड्राइभर हुन् । भोट हाल्न घर जान्छु भन्दै विमल बुधबार दोभानबाट पैदल निस्किएको प्रहरी प्रमुख राईले जानकारी दिए ।

विमलको भवितव्यले मृत्यु भएको वा हत्या भएको भन्ने केही स्पष्ट हुन नसकेको उनले बताए । पोष्टमार्टम रिपोर्ट नआइकन केही भन्न सकिँदैन; राईले भने ।

उनका अनुसार सडक किनारमा झोला र मोबाइल भेटिएपछि तल खोज्दै जाँदा सडक किनारबाट झण्डै ३ सय मिटर तल विमलको शव भेटिएको थियो ।

ताप्लेजुङका सांसद योगेश भट्टराईका प्रेस सल्लाहकार प्रेम गुरागाईंले भने गठबन्धनले विमलको अपहरणपछि हत्या गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...