News Portal

भोट हाल्न घर गएका युवा मृत फेला, गठबन्धनले हत्या गरेको आरोप

हिमालीसंचार संवाददाता
३८४ पटक

काठमाडौं – ताप्लेजुङको मिक्वाखोला गाउँपालिका-१ खोक्लिङमा बुधबार राति एक युवकको शव भेटिएको छ । मृतक स्थानीय विमल कार्की रहेको ताप्लेजुङ प्रहरी प्रमुख डीएसपी कैलाश राईले बताए ।

कार्की जेसीबी ड्राइभर हुन् । भोट हाल्न घर जान्छु भन्दै विमल बुधबार दोभानबाट पैदल निस्किएको प्रहरी प्रमुख राईले जानकारी दिए ।

विमलको भवितव्यले मृत्यु भएको वा हत्या भएको भन्ने केही स्पष्ट हुन नसकेको उनले बताए । पोष्टमार्टम रिपोर्ट नआइकन केही भन्न सकिँदैन; राईले भने ।

उनका अनुसार सडक किनारमा झोला र मोबाइल भेटिएपछि तल खोज्दै जाँदा सडक किनारबाट झण्डै ३ सय मिटर तल विमलको शव भेटिएको थियो ।

ताप्लेजुङका सांसद योगेश भट्टराईका प्रेस सल्लाहकार प्रेम गुरागाईंले भने गठबन्धनले विमलको अपहरणपछि हत्या गरेको सामाजिक संजालमा उल्लेख गरेका छन् ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...