News Portal

म्यादी प्रहरीको पोसाक दुरुपयोग गरेका भाइरल युवक छुटे

हिमालीसंचार संवाददाता
२१८ पटक

काठमाडौं – सामाजिक संजाल टिकटक मार्फत म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश प्रवाह गरेको अभियोगमा भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् ।

टिकटक भिडियो मार्फत युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । 

हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति दुवै कान छोएर माफी माग्दै भने; “३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जेलमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ति, किष्णे तँ हरू भेट्न आइनस् के मलाई म जेलमा हुँदा खेरी। अरू सब आथे तर तँहरू आइनस् के। त्यही पनि केही छैन अब म घर जाँदै छु, डाँडामा त आउँलास् नि ।”

यसअघि समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागि इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले भनेका छन्–‘मेदी हो क्या ।’ प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो। उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

चार आदर्श अभिभावक सम्मानित

राम प्रसाद ढुंगेल/ झापा, पुष ९ – स्व. श्यामदेव ढुंगेल स्मृति प्रतिष्ठानले झापामा चार जना...

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...