News Portal

म्यादी प्रहरीको पोसाक दुरुपयोग गरेका भाइरल युवक छुटे

हिमालीसंचार संवाददाता
२३१ पटक

काठमाडौं – सामाजिक संजाल टिकटक मार्फत म्यादी प्रहरीको युनिफर्म लगाएर गलत सन्देश प्रवाह गरेको अभियोगमा भिडियो बनाएर भाइरल बनेको आरोपमा पक्राउ परेका युवक छुटेका छन् ।

टिकटक भिडियो मार्फत युवकहरूलाई सामाजिक सञ्जालमार्फत गाँजा र सुर्ती खान आह्वान गरेको आरोपमा बाणगंगा नगरपालिका घर भएका १८ वर्षीय नवराज रेग्मीलाई प्रहरीले पक्राउ गरेको थियो । 

हिरासतमुक्त भएपछि रेग्मीले आफ्नो व्यवहारप्रति दुवै कान छोएर माफी माग्दै भने; “३ करोड नेपालीलाई सरी। म चाहिँ त्यो भिडियोले गर्दा जेलमा गएको थिएँ मैले आफ्नो यो अभद्र व्यवहार देखाएर। मलाई गाली चाहिँ नगर्दिनु होला । तर एउटा कुरा भन्न बिर्सेँ हैन, तर केटाहरू हैन सागर, वसन्ति, किष्णे तँ हरू भेट्न आइनस् के मलाई म जेलमा हुँदा खेरी। अरू सब आथे तर तँहरू आइनस् के। त्यही पनि केही छैन अब म घर जाँदै छु, डाँडामा त आउँलास् नि ।”

यसअघि समाजिक संजालमा भिडियोमार्फत उनले भनेका छन्–‘गाँजा, सुर्ती खाइन्छ, खाओ केटा हो ।’ ४० दिनको लागि इन्सपेक्टर भन्दा पनि म्यादी ठूलो हुने तर्क गर्दै उनले भनेका छन्–‘मेदी हो क्या ।’ प्रहरीको अनुसन्धानबाट उनी वास्तविक म्यादी प्रहरी नभएको खुलेको थियो। उनलाई युनिफर्म दिएको आरोपमा म्यादी प्रहरी पुरन भट्टराईलाई पनि प्रहरीले पक्राउ गरेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...