News Portal

  • ‘लघुकथा’ एकताले भूमि जोगायो : सरणकुमार राई

    हिमालीसंचार संवाददाता
    २२५ पटक

    एउटा गरिब थियो। थुप्रै छोराछोरीहरु थिए । मुस्किलले हुर्कायो अनेक सास्ति खेपेर । छोराछोरीहरु हुर्केपछि सुखको दिन आउला भन्ने आमा बाबुको आशा  थियो ।

    छिमेकिले बुद्धिहीन एउटा छोरालाई भड्काएर पारिवारीक एकता नष्ट गरी दियो । त्यसले आमाको गहना खोसेर छिमेकीलाई दियो । आमाको बेइज्जत गर्या । घरबारी बुझाउने सर्तमा परिवारघात गर्या । पितालाई हटाएर आफू घरको हर्ता कर्ता भयो । भनौं छिमेकीको हातमा बेचिएर ऊ घरमुली भयो ।

    बुद्धिहीन त्यो बिकेका छोरालाई टुंगोमा नल्याए उठीबास हुने निश्चित देखेर अरू सन्तानहरू एकजुट भए । कडा मिहिनेत  गरे। छिमेकीको लहैलहैमा नलागी एकताबद्ध भई छिमेकिको थिचो मिचो र अन्याय विरुद्ध एकजुट भई लडे ।

    बिकेको वा बिक्नेलाई परिवारले पनि बहिस्कार गर्नु पर्छ भन्ने पाठ सिके। बिकेको बाहेक अरुहरूका पारिवारीक एकता कायम भयो ।

    छिमेकीको उनीहरूले उठीबास गराएर उनीहरूको भुमि खाने  षड्यन्त्र बिफल बनाए । अनि आफ्नो पुर्खाली भूमि जोगाए ।

    सरणकुमार राई

    धरान, सुनसरी नेपाल

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    लोकन्थलीमा सडक कुकुरको बहादुरी, चोरी रोक्दै ज्यान जोखिममा

    भक्तपुर, भदौ ९ – भक्तपुरको लोकन्थलीमा एक सडक कुकुरले चोरीको प्रयास रोक्दा आफ्नो ज्यान जोखिममा...

    विद्यालय शिक्षा विधेयकमा विरोध, शिक्षक महासङ्घको आन्दोलन सुरु

    काठमाडौं, भदौ ९ – नेपाल शिक्षक महासङ्घले विद्यालय शिक्षा विधेयक २०८० का सम्बन्धमा आफ्ना माग...

    रुबी हत्या प्रकरण : सुटकेसबाट फेला पर्‍यो महत्त्वपूर्ण प्रमाण, प्रहरी अनुसन्धान तीव्र

    रौतहट, भदौ ९ – रौतहटमा हत्या गरेर सुटकेसभित्र फ्यालिएकी २६ वर्षीया रुबीकुमारी साह सुडीको प्रकरणमा...

    भारत–चीन सम्झौताले सार्वभौमिकतामाथि आघात, सरकारलाई तत्काल पहल गर्न एमालेको माग

    दार्चुला, भदौ ९ – लिपुलेक–कालापानी हुँदै भारत र चीनबीच भएको भनिएको व्यापारिक सहमतिप्रति नेकपा (एमाले)...

    काठमाडौँमा गुण्डागर्दी गरेको आरोपमा रेस लामा पक्राउ

    काठमाडौँ, भदौ ९ – राजधानीमा गुण्डागर्दी गरेको आरोपमा दोलखा बैतेश्वर गाउँपालिका–३ का गोपाल मोक्तान, जसलाई...