News Portal

विश्व मौसम संगठनका अनुसार सन् २०२६ सम्म तापक्रम १.५ डिग्रीले बढ्ने

हिमालीसंचार संवाददाता
२१३ पटक

काठमाडौं – जलवायुसम्बन्धी पेरिस सम्झौताले पृथ्वीको तापमान वृद्धिलाई यो शताब्दीको अन्त्यसम्म १.५ डिग्री सेन्टिग्रेडमा सीमित राख्ने भने पनि आगामी ५ वर्षमै यो स्तरमा तापक्रम वृद्धि हुनसक्ने एक अध्ययनले देखाएको छ।

विश्व मौसम संगठन (ओएमआई) का लागि ११ वटा विभिन्न संस्थाका मौसमविद् सम्मिलित टोलीले सोमबार अबेर सार्वजनिक गरेको एक आकलनअनुसार तापक्रम वृद्धिको तोकिएको सीमा अबदेखि सन् २०२६ को अन्त्यसम्म कुनै पनि बेला पार हुन सक्ने ४८ प्रतिशत सम्भावना देखिएको छ।

गत वर्ष गरिएका केही आकलनले यो सम्भावना ४० प्रतिशत रहेको देखाएका थिए । एक दशकअघिसम्म यो सम्भावना १० प्रतिशत मात्र थियो । सन् २०१५ मा गरिएको पेरिस सम्झौताले १९औं शताब्दीको अन्त्यताकाको तापक्रमको तुलनामा पृथ्वीको तापक्रम वृद्धिलाई सकेसम्म १.५ प्रतिशतभन्दा बढीले बढ्न नदिने लक्ष्य लिएको छ। 

बेलायतको मौसम विज्ञान कार्यालयले संयोजन गरेको अध्ययन टोलीको आकलन अनुसार सन् २०२६ को अन्त्यसम्म विश्वले सर्वाधिक गर्मीको सामना गर्न सक्नेछ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...