News Portal

  • ३ करोड एन्ड्रोइड मोबाइलमा गुगल क्रोम नचल्ने

    हिमाली संचार संवाददाता
    ५९६ पटक

    एजेन्सी  –आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गुगल क्रोम ब्राउजर प्रयोग गरिरहनु भएको छ होला । तर अब केही एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि दुखद खबर छ । किनकी अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन ।

    यद्यपि यो समाचारबाट सबै एन्ड्रोइड प्रयोगकर्ता तर्सिनु पर्दैन । किनकी गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ ।

    यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन ।

    यदि तपाइँसँग एन्ड्रोइड ४.१ अपरेटिङ सिस्टमवाला फोन छ र क्रोमले काम गर्न छाड्यो भने इन्टरनेट चलाउन कुन ब्राउजर प्रयोग गर्ने भन्ने सोँचमा हुनुहुन्छ भने चिन्ता गर्नुपर्ने कारण छैन । किनकी यूसी ब्राउजर, ओपेरा मिनी तथा फायरफक्स जस्ता ब्राउजर मज्जाले चल्नेछन् ।

    स्मरणीय छ, गुगलले सन् २०१२ को जुलाई १० मा एन्ड्रोइड जेली बिन लञ्च गरेको थियो । गत केही महिना अघि गुगलले आफ्नो सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोइड पाई नाइन सार्वज्निक गरेको छ ।

    गुगलले आफ्नो अपरेटिंग सिस्टममा लगातार विभिन्न परिवर्तन गर्दै आएको छ । केही दिनअघि मात्र गुगलले एन्ड्रोइड फोनको युट्युब एपका लागि डार्क मोड जारी गरेको छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज चन्द्र ग्रहण : जप गरौं यी चार मन्त्र

    काठमाडौं, भदौ २२ – आज आइतबार साँझ दोस्रो चन्द्र ग्रहण लाग्दैछ। सनातन धर्ममा ग्रहणलाई विशेष...

    बालिकालाई ठक्कर प्रकरणमा मन्त्री रानाको स्पष्टीकरण

    विराटनगर, भदौ २२ – कोशी प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री रामबहादुर राना मगरले...

    देउवाको फेसबुक पोस्टमा बालेनको व्यङ्ग्य: “यो पोस्ट कुन भीपीएनबाट ?”

    काठमाडौं, भदौ २२ – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फेसबुकमा राखेको पोस्टलाई काठमाडौं महानगरका मेयर...

    आज २०८२ साल भदौ २२ गतेको राशिफल

    आज भदौ २२, २०८२ (सेप्टेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २१ गतेको राशिफल

    आज भदौ २०, २०८२ (सेप्टेम्बर ५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...