News Portal

३ करोड एन्ड्रोइड मोबाइलमा गुगल क्रोम नचल्ने

हिमाली संचार संवाददाता
६९८ पटक

एजेन्सी  –आफ्नो एन्ड्रोइड स्मार्टफोनमा गुगल क्रोम ब्राउजर प्रयोग गरिरहनु भएको छ होला । तर अब केही एन्ड्रोइड फोन प्रयोगकर्ताका लागि दुखद खबर छ । किनकी अब केही एन्ड्रोइड फोनमा गुगल क्रोम चल्नेछैन ।

यद्यपि यो समाचारबाट सबै एन्ड्रोइड प्रयोगकर्ता तर्सिनु पर्दैन । किनकी गुगल एन्ड्रोइडको जेली बिन ४.१ देखि ४.३ भर्सन सम्मका स्मार्टफोनमा मात्र क्रोम चल्नेछैन । समाचार अनुसार अहिलेपनि विश्वमा एन्ड्रोइड जेली बिन ४.१ प्रयोग गर्नेको संख्या ३ करोड २० लाख रहेको छ ।

यद्यपि गुगलले कुन मितिदेखि यसलाई कार्यान्वयन गर्ने भन्ने खुलाएको छैन ।

यदि तपाइँसँग एन्ड्रोइड ४.१ अपरेटिङ सिस्टमवाला फोन छ र क्रोमले काम गर्न छाड्यो भने इन्टरनेट चलाउन कुन ब्राउजर प्रयोग गर्ने भन्ने सोँचमा हुनुहुन्छ भने चिन्ता गर्नुपर्ने कारण छैन । किनकी यूसी ब्राउजर, ओपेरा मिनी तथा फायरफक्स जस्ता ब्राउजर मज्जाले चल्नेछन् ।

स्मरणीय छ, गुगलले सन् २०१२ को जुलाई १० मा एन्ड्रोइड जेली बिन लञ्च गरेको थियो । गत केही महिना अघि गुगलले आफ्नो सबैभन्दा पछिल्लो अपरेटिंग सिस्टम एन्ड्रोइड पाई नाइन सार्वज्निक गरेको छ ।

गुगलले आफ्नो अपरेटिंग सिस्टममा लगातार विभिन्न परिवर्तन गर्दै आएको छ । केही दिनअघि मात्र गुगलले एन्ड्रोइड फोनको युट्युब एपका लागि डार्क मोड जारी गरेको छ ।

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...