News Portal

  • मौन अवधिमा के गर्न पाइन्छ, के पाइन्न ?

    हिमालीसंचार संवाददाता
    ४४२ पटक

    काठमाडौं – स्थानीय तहको मतदानको पूर्वसन्ध्यामा आज मंगलबार मध्यरातदेखि मौन अवधि सुरु हुँदैछ । स्थानीय तहको निर्वाचन वैशाख ३० गते अर्थात शुक्रबार सम्पन्न हुँदैछ । मंगलबार राति १२ बजेपछि मौन अवधि सुरु हुने निर्वाचन आयोगले जनाएको छ ।​

    आयोगले मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदानस्थलको ३ सय मिटर वरिपरि राखिएका राजनीतिक दल वा उम्मेदवारका प्रचार-प्रसारका सामग्री हटाउन निर्देशन समेत दिएको छ । 

    निर्वाचनको मौन अवधिअगावै उम्मेदवार र उनीहरूका प्रशंसकका फेसबुक, ट्वीटर, टिकटकलगायत पेजका स्पोन्सर सामग्री हटाउन आयोगले आग्रह गरेको छ। सामाजिक सञ्जालमा रहेका आचारसंहिताविपरीतका चित्र, पोष्ट हटाउन आयोगले भनेको छ।

    नयाँ सामग्री पोष्ट नगर्न निर्देशन दिन आयोगले नेपाल दूरसञ्चार प्राधिकरणलाई निर्देशन दिएको छ। मतदानका दिन वैशाख ३० गते यातायातका साधन बन्द गर्ने निर्णय सरकारले गरेको छ। एम्बुलेन्स, खानेपानीको ट्यांकर, दूध बोक्ने सवारी साधन, दमकल, दूरसञ्चार तथा केबल सेवा, शववाहन, अस्पतालका स्वास्थ्यकर्मीको आवागमनका लागि प्रयोग हुने साधन भने सञ्चालनमा रहनेछन् । 

    निर्वाचन आचारसंहिताअनुसार मौन अवधिमा के गर्न पाइँदैन ? 

    -मौन अवधिभर निर्वाचन प्रचारप्रसारलगायत कुनै पनि प्रकारका छलफल, अन्तरक्रिया, सभा-सम्मेलन, कार्यशाला, गोष्ठी गर्न नहुने

    – निर्वाचन प्रचारप्रसार गर्न र मत माग्न नहुने

    – मौन अवधि सुरू हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरिपरी राखिएका आआफ्ना निर्वाचन चिह्न तथा प्रचार र प्रसारका सामग्री हटाएको हुनुपर्ने
    – एसएमएस, फेसबुक, भाइबर जस्ता सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचारप्रसार गर्न नहुने

    -मौन अवधिमा उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ ३ गतेको राशिफल

    आज भदौ ३, २०८२ (अगस्त १९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    दुर्गा प्रसाईंले घोषणा गरे नयाँ राजनीतिक दल खोल्ने तयारी

    काठमाडौं, भदौ २ – मेडिकल व्यवसायी दुर्गा प्रसाईंले छिट्टै नयाँ राजनीतिक दल गठन गर्ने घोषणा...

    तीनकुने घटनाबारे दुर्गा प्रसाईंको पहिलो खुलासा

    काठमाडौं, भदौ २ – डिल्लीबजार कारागारबाट दुई साताअघि छुटेका मेडिकल व्यवसायी दुर्गा प्रसाईंले ०८१ साल...

    राष्ट्रपति पौडेल: हिन्दूकुश हिमालयको जैविक विविधता संकटमा, समाधानका लागि सबै मिलेर कदम चालौँ

    काठमाडौं, भदौ २ – राष्ट्रपति रामचन्द्र पौडेलले हिन्दूकुश हिमालय क्षेत्रको जैविक विविधता संकटमा रहेको चेतावनी...

    तुलसीपुरमा किशोरीमाथि जबरजस्ती करणी, युवक पक्राउ

    दाङ, भदौ २ – तुलसीपुर उपमहानगरपालिका-४ रक्षाचौरमा १९ वर्षीया किशोरीमाथि जबरजस्ती करणी गरेको आरोपमा २०...