News Portal

आगामी जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला हुने

हिमालीसंचार संवाददाता
६३८ पटक

काठमाडौं – यातायात व्यवस्था विभागले अनलाइन आवेदन दिएको १५ दिनमा नै सवारीचालक अनुमतिपत्र (लाइसेन्स) को परीक्षा दिन पाउने गरी तयारी गरेको छ। विभागले जेठ ४ गतेबाट लाइसेन्सको आवेदन खुला गरी १५ दिनमा नै सेवाग्राहीले कार्यालयमा सम्पर्क गर्न सक्ने व्यवस्था गर्न लागेको हो।

योसँगै यसअघि २ वर्षसम्म लाइसेन्सको परीक्षा दिन प्रतीक्षा सूचीमा बस्नुपर्ने बाध्यताको अन्त्य हुनेछ भने यसअघिका लाइसेन्सका लागि परीक्षा दिन बाँकी रहेकाको परीक्षा लिइसक्ने विभागमा महानिर्देशक नमराज घिमिरेले बताए। आगामी दिनमा विभागले प्रणालीबाट नै मूलकभरको सेवा कार्यालयमा आवेदन लिन सक्नेछन् । 

आवेदकले आवेदन दिँदा कुनै पनि सेवा कार्यालयमा सम्पर्क मिति १५ दिनभन्दा बढीको नहुने र सो समयभन्दा बढी लाग्ने देखिएमा आवेदन नलिने गरी सिस्टम विकास गर्न लागेको विभागका महानिर्देशक घिमिरेले बताए । यसले गर्दा हाल देखिएको लामो समय प्रतीक्षा सूचीमा बस्नुपर्ने अवस्थाको अन्त्य हुने उनको भनाइ रहेको छ। आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...