News Portal

तीनथरी मतदाता फकाउँदै नेकपा एमाले

हिमालीसंचार संवाददाता
२०८ पटक

काठमाडौं – स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले तीनथरी मतदातासँग मत मागेको छ। निर्वाचनको सम्मुखमा एमाले अध्यक्ष केपी शर्मा ओलीले आइतबार पत्रकार सम्मेलनमार्फत नयाँ थपिएका, पुराना र युवा पुस्ताका मतदातासँग पार्टीका उम्मेदवारका पक्षमा मत मागेका हुन्। उद्योगी व्यवसायी, किसान, श्रमिकलाई पनि सम्बोधन गर्दै ओलीले मत मागे। ओलीले आगामी पाँच वर्षभित्र मुलुकका सबै गाउँ, नगरलाई समग्र विकास, सुशासन, सामाजिक न्यायसहित समतामूलक एवं समृद्ध बनाउने प्रतिज्ञा गरेका छन्।

पाँच दलीय सत्ता गठबन्धनको नेतृत्व गरेको नेपाली काँग्रेसप्रति निकै आक्रामक बनेका ओलीले एमाले नेतृत्वको सरकारका पालामा मुलुकलाई समृद्धिको बाटोतर्फ उन्मुख गराएको दाबी गर्दै स्थानीय चुनावको मुखमा मतदाता फकाउने प्रयास गरेका हुन्। 

उनले बहुदलीय शासन व्यवस्था स्थापनापछिका वर्षमा एमालेले करिब सात वर्ष आफ्नै नेतृत्वको सरकार र करिब तीन वर्ष संयुक्त सरकारमा सहभागी भई काम गर्ने अवसर पाएको बताए। उनले यस अवधिमा काँग्रेसले करिब २० वर्ष आफ्नै नेतृत्वको सरकार र करिब सात वर्ष संयुक्त सरकारमा सहभागी हुँदा पनि युवा, प्रौढ तथा बेरोजगारका लागि कुनै पनि कार्यक्रम र योजना नल्याएको आरोप लगाए। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...