News Portal

बेइजिङका वफादार जोन ली हङकङको कार्यकारीमा निर्वाचित

हिमालीसंचार संवाददाता
४१७ पटक

युवा राई/हङकङ –  चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका लागि छैटौं कार्यकालको प्रमुख कार्यकारीमा आइतबार दिउँसो जोन ली निर्वाचित भएका छन्।

एकमात्र प्रमुख कार्यकारी दौडका उम्मेदवार रहेका लीको पक्षमा १,४१६ मत र विपक्षमा ८ मत खसेको थियो। निर्वाचित ६४ वर्षीय जोन ली पूर्वप्रहरी अधिकारी हुन। जोन लीले जुलाई १ तारिख पदभार समाह्लने बताईएको छ। 

हङकङको प्रजातन्त्र आन्दोलनमा क्र्याकडाउनको निरीक्षण गर्ने एक पूर्वसुरक्षा प्रमुखलाई बेइजिङले वफादारको रुपमा हेरिरहेका थिए। बेइजिङ समर्थित जोन ली निवर्तमान नेता क्यारी ल्यामको उत्तराधिकारी हुन।

जोन लीले साधारण बहुमत हासिल गर्न आवश्यक छ, तर कुनै प्रतिद्वन्द्वी नभएका कारण उनी नै हङकङका लागि कार्यकारीमा पदभार समाल्ने भएका हुन। 

स्थानीय मिडियाका अनुसार उनको पदभार कार्यक्रमका लागि ६ हजार भन्दा धेरै सुरक्षाकर्मी तयारी अबस्थामा राखिएको बताईएको छ। 

बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण गरेको २५ औं वर्षगाँठ जुलाई १ तारिख पदभार ग्रहण गर्नेछन्। चीनले “एक देश, दुई प्रणाली” को सूत्र अन्तर्गत हङकङलाई हस्तान्तरण गरेपछि ५० वर्षसम्म निश्चित स्वतन्त्रता र स्वायत्तता कायम राख्न सक्ने सहमति भएको छ।

प्रतिकृया दिनुहोस्

कास्कीमा कांग्रेस सभापति थापाको कार्यकर्ता सम्वोधन: ‘अबकी बार सय पार’ नारा दिनुहोस्

कास्की, माघ २३ – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले शुक्रबार पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन...

चितवन–२ मा रवि र कांग्रेस उम्मेदवार खरेलबीच भेटघाट, स्वच्छ र सम्मानजनक प्रतिस्पर्धाको प्रतिबद्धता

काठमाडौं, २३ माघ – प्रतिनिधिसभा निर्वाचनअन्तर्गत चितवन–२ मा प्रतिस्पर्धामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि...

मेडिकल व्यवसायी दुर्गा प्रसाईं चाल्नाखेलबाट नियन्त्रणमा

काठमाडौँ, माघ २३ – मेडिकल व्यवसायी तथा ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ महाअभियान’...

आज २०८२ साल माघ २३ गतेको राशिफल

आज माघ २३, २०८२ ( फेब्रुअरी ६, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

रौतहटमा रास्वपा उम्मेदवारको गाडीले ठक्कर दिँदा ४ वर्षीय बालिकाको मृत्यु

रौतहट, माघ २२ – रौतहटको इशनाथ नगरपालिकामा आज दुःखद घटना भएको छ। रास्वपा उम्मेदवारको प्रचार...