News Portal

बेइजिङका वफादार जोन ली हङकङको कार्यकारीमा निर्वाचित

हिमालीसंचार संवाददाता
४०३ पटक

युवा राई/हङकङ –  चीनको विशेष प्रशासनिक क्षेत्र हङकङका लागि छैटौं कार्यकालको प्रमुख कार्यकारीमा आइतबार दिउँसो जोन ली निर्वाचित भएका छन्।

एकमात्र प्रमुख कार्यकारी दौडका उम्मेदवार रहेका लीको पक्षमा १,४१६ मत र विपक्षमा ८ मत खसेको थियो। निर्वाचित ६४ वर्षीय जोन ली पूर्वप्रहरी अधिकारी हुन। जोन लीले जुलाई १ तारिख पदभार समाह्लने बताईएको छ। 

हङकङको प्रजातन्त्र आन्दोलनमा क्र्याकडाउनको निरीक्षण गर्ने एक पूर्वसुरक्षा प्रमुखलाई बेइजिङले वफादारको रुपमा हेरिरहेका थिए। बेइजिङ समर्थित जोन ली निवर्तमान नेता क्यारी ल्यामको उत्तराधिकारी हुन।

जोन लीले साधारण बहुमत हासिल गर्न आवश्यक छ, तर कुनै प्रतिद्वन्द्वी नभएका कारण उनी नै हङकङका लागि कार्यकारीमा पदभार समाल्ने भएका हुन। 

स्थानीय मिडियाका अनुसार उनको पदभार कार्यक्रमका लागि ६ हजार भन्दा धेरै सुरक्षाकर्मी तयारी अबस्थामा राखिएको बताईएको छ। 

बेलायतबाट चीनलाई हङकङ हस्तान्तरण गरेको २५ औं वर्षगाँठ जुलाई १ तारिख पदभार ग्रहण गर्नेछन्। चीनले “एक देश, दुई प्रणाली” को सूत्र अन्तर्गत हङकङलाई हस्तान्तरण गरेपछि ५० वर्षसम्म निश्चित स्वतन्त्रता र स्वायत्तता कायम राख्न सक्ने सहमति भएको छ।

प्रतिकृया दिनुहोस्

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...

बिदाइ भेटमा चिनियाँ राजदूतको भनाइ: जनस्तर बलियो, आर्थिक सहकार्य कमजोर

काठमाडौं, पुष ६ – नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत छन सोङले प्रतिनिधि सभाका सभामुख...