News Portal

१४ दिनपछि बल्ल उठ्यो फोहोर

हिमालीसंचार संवाददाता
२५३ पटक

काठमाडौं – स्थानायबासाका अवरोधका कारण १४ दिनदेखि अवरुद्ध फोहोर ढुवानी शुरू भएको छ। पटकपटक आग्रह गर्दा पनि स्थानीयबासीले फोहोर लैजान नदिएपछि हिजो शनिबार नेपाल प्रहरी र सशस्त्र प्रहरीबलको सुरक्षा घेरामा फोहोर विसर्जन भएको हो।

मुबु-तीनपिप्ले बण्डको बाटो कालोपत्रे गर्नुपर्ने माग राख्दै स्थानीयवासीले वैशाख ११ गतेदेखि फोहोर ढुवानीमा अवरोध गरेका थिए। फोहोरका कारण राजधानीलगायत उपत्यकाका १८ स्थानीय निकायको फाहोर व्यवस्थापन हुन नसकेर दुर्गन्धित भएपछि सरकारले प्रहरी परिचालन मारी उपत्यकाको फोहोर सिसडोल ल्यान्डफिलमा लगेको हो।

कामपाको वातावरण तथा कृषि विभागका निमित्त प्रमुख सरिता राईका अनुसार शनिबार बिहान करिब १ सय ४६ ट्रक फोहोर सिसडोल पुयाइएका थियो। दिउँसो भने पानी परेका कारण फोहोर व्यवस्थापन रोकिएको थियो। उनका अनुसार विभागले गृह मन्त्रालयलाई पत्राचार गरेपछि जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी परिचालन गरी फोहोर विसर्जन गरेको हो।

तविभागीय प्रमुख राईले भने स्थानीयसँग नियमित छलफल भइरहेको छ। सडक निर्माणको काम हुँदाहुँदै स्थानीयले राजमार्गमा फोहोरका गाडी गुइन नदिने भन्दै नयाँ माग राखेर बाटो अवरुद्ध गरेका हुन्। यो समाचार नेपाल समाचारपत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...