News Portal

मतदानका लागि परिचयपत्रको वैकल्पिक व्यवस्थाबारे अन्योल

हिमालीसंचार संवाददाता
२११ पटक

काठमाडौं – स्थानीय तह निर्वाचन २०७९ मा मतदाता परिचयपत्र नहुने मतदाताले मतदान गर्न पाउने नपाउने विषयमा अन्योल कायम छ । निर्वाचन आयो गले मतदाता परिचयपत्र नभएका मतदाताको हकमा मतदानको पूर्वसन्ध्यामा मात्रै मतदानको वैकल्पिक व्यवस्थाबारे निर्णय गर्दै आएको छ । निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले मतदाता परिचयपत्र नहुने मतदाताका हकमा आयोगले हालसम्म कुनै निर्णय नगरेको प्रस्ट्याए ।

आयोगले जारी गरेको मतदाता परिचयपत्रका आधारमा मात्रै मतदान गर्न पाउने निर्वाचन ऐनले व्यवस्था गरेको छ । यद्यपि, राजनीतिक सहमति वा आयोग पदाधिकारीको निर्णयले वैकल्पिक व्यवस्था समेत गरिँदै आएको छ ।

यसरी वैकल्पिक व्यवस्थाअन्तर्गत आयोगले नागरिकता वा परिचय खुल्ने सरकारी कागजातका आधारमा समेत मतदान गर्न पाउने विगतमा निर्णय गर्दै आएको थियो । तर, त्यसका लागि आयोगले जारी गरेको मतदाताको अन्तिम नामावलीमा नाम समावेश भएको हुनुपर्छ । यो समाचारगोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...