News Portal

स्थानीय तहका निर्वाचनमा बदर मत बढ्ने खतरा

हिमालीसंचार संवाददाता
२९७ पटक

काठमाडौं – गत स्थानीय तह निर्वाचनमा दाङमा कुल मतदाता २ लाख ९१ हजार १ सय ७५ रहेकोमा २ लाख १८ हजार ३ सय ३९ मत खस्यो। खसेको मतमा १ लाख ११ हजार ८५ मत मात्रै सदर भयो । बाँकी १९ हजार २ सय ५४ मत बदर भयो । त्यसमा पनि ५ हजार ५ सय ९३ मत पूर्ण रूपमा बदर भयो।

मतपत्रमा लगाइएका छापमध्ये कुनै पनि काम नलाग्ने अवस्था हुनुलाई पूर्ण रूपमा बदर मानिन्छ । त्यतिबेला निर्वाचन आयोगमार्फत जिल्लाभरि एक महिने निर्वाचन शिक्षा कार्यक्रम पनि सञ्चालन भएको थियो। ३ सय ५१ जना निर्वाचन शिक्षा कार्यकर्ता खटाइएका थिए। तर बदर मत धेरै देखिँदा निर्वाचन शिक्षा कार्यक्रम प्रभावकारी नभएको विश्लेषण गर्न सकिन्छ । मतदाताहरूले मतपत्रमा ल्याप्चेसमेत लगाएको भेटिएको थियो।

स्थानीय निर्वाचनको पाँच महिनापछि सम्पन्न प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनमा बदर मत सङ्ख्या झनै बढ्यो। त्यतिबेला जिल्लामा बदर भएको मत सङ्ख्या २५ हजार ६ सय ८५ थियो । 

प्रतिनिधिसभातर्फको १३ हजार ७ सय १६ मत र प्रदेशसभातर्फको ११ हजार ९ सय ६९ मत बदर भएको थियो। त्यो बेला तीन निर्वाचन क्षेत्र रहेको दाइमा कुल २ लाख २ ९ हजार ४ सय ९८ मत खसेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...