News Portal

पुराना पार्टीहरुको सान्दर्भिकता सकियो : रवीन्द्र मिश्र

६४५ पटक

बुटवल – विवेकशील साझा पार्टीका संयोजक रवीन्द्र मिश्रले केपी ओली नेतृत्वको सरकारले समाजवादको नाराको आडमा खोक्रो कुरा मात्रै गरेको आरोप लगाएका छन् ।

रिपोर्टर्स क्लव प्रदेश नम्बर ५ ले बुटवलमा सोमबार गरेको साक्षात्कारमा बोल्दै उनले सरकारको तीब्र आलोचना गरे । अहिलेको अवस्थामा जनताले सबैभन्दा दु:ख र पीडा महसुस गरेको पनि उनले जिकि गरे ।

‘अहिलेको सरकारको कुरा गर्ने र कल्पना बाँड्ने क्षमता छ तर देशलाई बिकास र समृद्धिको दिशामा अघि बढाउने क्षमता शुन्य छ’, उनले भने, ‘पुराना दलहरुको नेतृत्व सबै हिसाबले विफल भइसकेको छ ।’

वाम सरकारसँग समाजवादको कुनै नीति नै नभएको उनले जिकिर गरे । ‘जब समाजवादको कुनै नीति नै छैन, काठमाडौंको महलमा बसेर डेढ करोडको गाडीबाट समाजवाद आउछ ?,’ उनले प्रश्न गरे। ‘सरकारले समाजवादी बाटो नै अबलम्बन गर्न नसक्ने र नगर्ने अवस्था देखियो ।’

शिक्षा र स्वास्थ्यमा लगानी गर्नेहरु कम्युनिष्ट र समाजबादी हुनै नसक्न् भन्दै मिश्रले समाजवादी भन्ने शब्दलाई सस्तो बनाइएकोमा पनि उनले दु:ख व्यक्त गरे ।

‘समाजवादी चरित्र के छ उहाँहरुको ? नेताहरुलाई मात्रै समृद्ध बनाउनेलाई नै समाजवाद भनिएको हो ?,’मिश्रले कांग्रेस र कम्युनिष्टलाई प्रश्न गरेको अन्नपूर्णले खबर लेखेको छ ।

शिक्षा र स्वास्थ्यलाई राज्यको मूल दायित्व नठान्नेहरु समाजवादी हुन नसक्ने उनको जिकिर थियो । ‘शिक्षा र स्वास्थ्यलाई मूलरुपमा राज्यको दायित्व नमान्नेहरु समाजवादी हुन सक्दैनन् भन्ने हाम्रो मान्यता हो’, उनले भने, ‘समाजवादीहरुले शिक्षा र स्वास्थ्यमा राज्यको दायित्वलाई स्विकार गर्दछन् तर ४०-५० शिक्षा र स्वास्थ्यमा लगानी गरेकालाई खुसी पार्न ३ करोड नेपालीमाथि खेलवाड गर्नेहरु कम्युनिष्ट र समाजवादी हुन सक्दैनन् ।’

विवेकशील-साझाले तीन महिने देशब्यापी अभियान चलाएको बताउँदै उनले  अब पार्टीको संगठन बलियो हुने दाबी गरे । अहिले पार्टीको संगठन निर्माणमा आक्रमकरुपमा अघि बढेको उनको भनाइ छ । पार्टीलाई वैकल्पिक शक्तिका रुपमा अगाडि बढाउने योजना पनि उनले सुनाए ।
कार्यक्रममा संगठन विभाग प्रमुख मुमाराम खनालले आफुहरु देशको बलियो शक्तिको रुपमा उदाउने दाबी गरे । कार्यक्रममा पार्टीका प्रदेश ५ संयोजक अनुपमान सैँजुले पार्टीका गतिबिधिबारे जानकारी गराए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल फागुन १ गतेको राशिफल

आज फागुन १, २०८२ ( फेब्रुअरी १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सांसदका तीखा प्रश्नमा नयाँ पुस्ताका मन्त्री अलमल

काठमाडौँ, २९ माघ – प्रतिनिधिसभाको पछिल्लो बैठकमा सांसदले उठाएका प्रश्नको जवाफ दिने क्रममा एक मन्त्री...

अदालती प्रक्रियाको सम्मान गर्छु, न्याय पाउनेमा विश्वस्त छु: रवि लामिछाने

काठमाडौँ, माघ २९ – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्व उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले...

इन्टरपोलको समन्वयमा विदेशबाट १० फरार प्रतिवादी नेपाल फिर्ता

काठमाडौँ। स्वदेशमा अपराध गरी विदेश भागेका दश जनालाई नेपाल प्रहरीले अन्तरराष्ट्रिय प्रहरी सङ्गठन (इन्टरपोल) सँगको...

आज २०८२ साल माघ २९ गतेको राशिफल

आज माघ २९, २०८२ ( फेब्रुअरी १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...