News Portal

सुर्खेतको सिम्तामा एमाले कार्यकर्ताले गरे काँग्रेस वडाध्यक्षका उम्मेदवारलाई आक्रमण

हिमालीसंचार संवाददाता
११४६ पटक

सिम्ता। सुर्खेतको बादेपिपलमा नेकपा एमाले र नेपाली काँग्रेस कार्यकर्ताबीच झडप भएको छ। बिहिबार राति ११ बजेतिर सुर्खेतको सिम्ता गाउँपालिका–६ राकमका काँग्रेसबाट वडा अध्यक्षका उम्मेदवार गुलाब सिंह ठकुरी “लोकेन्द्र”लाई एमालेका कार्यकर्ताले आक्रमण गरेका हुन।

झडपमा वडा अध्यक्षका प्रत्यासी गुलाब सिंह ठकुरी “लोकेन्द्र” र उनका समर्थक सुरज सिंह ठकुरी घाइते छन्। आक्रमणमा संलग्नहरूबारे अनुसन्धान भइरहेको कर्णाली प्रदेश प्रहरी कार्यालयका निमित्त प्रमुख (एसएसपी) राजेशनाथ बास्तोलाले बताए।

करिब ५० जना एमालेका कार्यकर्ताको समूहले राकम बजारमा रहेको मोहन मल्लको होटलमा बसिरहेका काँग्रेस​ उम्मेदवारलाई आक्रमण गरेका थिए। प्रहरीले अवस्था नियन्त्रणमा लिन २ सेल अश्रु ग्याँस फायर गरेको थियो। घाइते दुईजनाको अवस्था सामान्य रहेको बताइएको छ।

प्रतिकृया दिनुहोस्

शीर्षक : रंगेलीमा दुई बालक बेहोस अवस्थामा फेला, अपहरण आशंकामा प्रहरीद्वारा सोधपुछ

रंगेली (मोरङ), फाल्गुन २८ बिहीबार : मोरङको रंगेली नगरपालिका–५ मा दुई जना बालक बेहोस अवस्थामा...

इनिसा विक हत्या प्रकरणको थप अनुसन्धान सीआईबीद्वारा सुरु

सुर्खेत, फागुन २८ — सुर्खेतमा एक किशोरीको हत्या भएको घटनाको थप अनुसन्धान अब केन्द्रीय अनुसन्धान...

बालेनलाई संसदीय दलको नेता बनाउन रास्वपाले विधान सच्याउनुपर्ने

काठमाडौं, फागुन २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले वरिष्ठ नेता बालेन शाहलाई संसदीय दलको...

मध्यपूर्व तनावको असर : भारततर्फ आउँदै गरेको जहाजमा आक्रमण, तेल मूल्य उकालो

काठमाडौँ : विश्वकै सबैभन्दा व्यस्त समुद्री मार्ग मानिने स्ट्रेट अफ होर्मुजमा बुधबार भएका शृंखलाबद्ध आक्रमणमध्ये...

आज २०८२ साल फागुन २८ गतेको राशिफल

आज फागुन २८, २०८२ ( मार्च १२, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...