News Portal

  • सशस्त्रको एआईजी बढुवामा ‘चलखेल’

    हिमालीसंचार संवाददाता
    १९८ पटक

    काठमाडौं – सशस्त्र प्रहरी बलका एआईजी राजु अर्याललाई सरकारले यही वैशाख १८ गते आईजीपीमा नियुक्त गर्‍यो। त्यससँगै सशस्त्रको एआईजीका लागि २ पद रिक्त भए। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम ९१० को ९क० बमोजिम डीआईजी नारायणदत्त पौडेललाई एआईजीमा बढुवाका लागि सिफारिस गरेको छ।

    रिक्त दुई पदका लागि अन्य उम्मेदवारलाई पाखा लगाउँदै पौडेललाई मात्रै बढुवा सिफारिस गरेपछि अहिले यो विषय पेचिलो बनेको छ। समान क्षमताका अन्यलाई पछि पार्ने नियतले पौडेललाई भावी आईजीपीका लागि उम्मेदवार बनाउने हिसावले एक पदमा मात्रै बढुवा गरिएको सरोकारवालाहरू बताउँछन्। 

    नाम नबताउने शर्तमा सशस्त्र प्रहरीका पूर्वउच्च अधिकारी भन्छन्, ‘यहाँ त सिधै चलखेल भएको छ। खाली भएका दुइटा ठाउँमा एउटाको मात्रै बढुवा सिफारिस गर्ने कारण के हो रु सम्बन्धित पक्षले जवाफ दिनुपर्छ। नियतबस पौडेललाई एआईजी बनाएर भावी आईजीपीका लागि तयार गरिएको हो।’ 

    सशस्त्रमा दुई एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका हुन्। वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधि पद्धति कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामू निरीह देखिएका छन्। यो समाचार अन्नपूर्ण पोस्ट छ ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    दलका नेतृत्वहरु अनिर्णयको बन्दि

    – कमला थापा/२०८२ कार्तिक २० गते। देशमा यति ठूल्ठूला दुर्घटनाहरू भए। देशका ऐतिहासिक धरोहरहरू जले,...

    सुधन गुरुङले गृहमन्त्रीको राजीनामा माग्दै चेतावनी दिए: “जेन–जीको माग सम्बोधन नभए चुनाव हुन दिँदैन”

    काठमाडाैं, कार्तिक २० – ‘हामी नेपाल’ का संस्थापक सुधन गुरुङले गृहमन्त्री ओमप्रकाश अर्यालको राजीनामा मागेका छन्।...

    युवा संघद्वारा मेयर बालेनविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गर्ने तयारी

    काठमाडौं, कार्तिक २० – काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहले सामाजिक सञ्जालमा लेखेको स्टाटसलाई लिएर एमाले निकट...

    रवि र छविको मुद्दा आज उच्च अदालत बुटवलमा सुनुवाइ हुँदै

    बुटवल, कात्तिक २० – सहकारी ठगी र संगठित अपराधको आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

    आज २०८२ साल कार्तिक २० गतेको राशिफल

    आज कार्तिक २०, २०८२ (नोभेम्बर ६, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...