News Portal

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं – मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ । कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा सिक्ने, समस्या समाधान र निर्णय लिन सक्ने क्षमतामा ह्रास आउने देखिएको छ।

दिनहुँ सात घण्टा सुत्दा मानसिक स्वास्थ्य राम्रो रहने तर यो अवधिभन्दा बढी वा कम समय सुत्दा मानिसमा बेचैनी, उदासीपना निम्तिने तथा समग्र स्वास्थ्य बिग्रने उक्त अध्ययनले देखाएको छ।

वैज्ञानिक जर्नल नेचरमा प्रकाशित उक्त अध्ययनअन्तर्गत चीन र बेलायतका अनुसन्धानकर्ताले ३८ देखि ७३ वर्ष उमेरका ५ लाख मानिसको अध्ययन तथ्याङ्क समीक्षा गरेका थिए। बेलायत सरकारको बायो बैंक नामक दीर्घकालीन स्वास्थ्य अध्ययन परियोजनामा समावेश भएका यी सहभागीको निद्राको अवस्था, मानसिक स्वास्थ्य, समग्र स्वास्थ्य स्थितिसहित चरणबद्ध संज्ञानात्मक परीक्षण गरिएको थियो। 

अध्ययनमा सहभागी ४० हजारको आनुवंशिक तथ्यांकको समेत समीक्षा गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...