News Portal

बुढ्यौली उमेरमा सात घण्टा सुत्नु राम्रो

हिमालीसंचार संवाददाता
२१६ पटक

काठमाडौं – मध्य तथा बुढ्यौली उमेरमा नियमित रूपमा कति घण्टा सुत्नु आवश्यक छ भन्ने विषयमा गरिएको एक बृहत् अध्ययनले दिनहुँ सात घण्टा सुत्नु उत्कृष्ट रहेको देखाएको छ । कम र अधिक समय सुत्दा एकाग्र हुने, सम्झने, नयाँ कुरा सिक्ने, समस्या समाधान र निर्णय लिन सक्ने क्षमतामा ह्रास आउने देखिएको छ।

दिनहुँ सात घण्टा सुत्दा मानसिक स्वास्थ्य राम्रो रहने तर यो अवधिभन्दा बढी वा कम समय सुत्दा मानिसमा बेचैनी, उदासीपना निम्तिने तथा समग्र स्वास्थ्य बिग्रने उक्त अध्ययनले देखाएको छ।

वैज्ञानिक जर्नल नेचरमा प्रकाशित उक्त अध्ययनअन्तर्गत चीन र बेलायतका अनुसन्धानकर्ताले ३८ देखि ७३ वर्ष उमेरका ५ लाख मानिसको अध्ययन तथ्याङ्क समीक्षा गरेका थिए। बेलायत सरकारको बायो बैंक नामक दीर्घकालीन स्वास्थ्य अध्ययन परियोजनामा समावेश भएका यी सहभागीको निद्राको अवस्था, मानसिक स्वास्थ्य, समग्र स्वास्थ्य स्थितिसहित चरणबद्ध संज्ञानात्मक परीक्षण गरिएको थियो। 

अध्ययनमा सहभागी ४० हजारको आनुवंशिक तथ्यांकको समेत समीक्षा गरिएको थियो। आजको नागरिक दैनिकमा समाचार छ । 

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...