News Portal

प्रशिक्षार्थी कामदार जापान पठाउने प्रक्रिया अलपत्र

हिमालीसंचार संवाददाता
२३८ पटक

काठमाडौं – जापान इन्टरनेट ट्रेनिङ कोअपरेसन अर्गनाइजेसन (जिट्को) मार्फत नेपालबाट प्रशिक्षार्थी कामदार पठाउने प्रक्रिया अलपत्र परेको छ। जापानमा नेपाली श्रमिकका लागि रोजगारीका क्षेत्र प्रवर्द्धन गर्न नसक्दा प्रशिक्षार्थी कामदारका रूपमा नेपाली युवालाई पठाउन गरिएको सम्झौता नै अलपत्र छ।

वैदेशिक रोजगार व्यवसायीले जापानमा रोजगार प्रवर्द्धनका कार्यक्रम सञ्चालन गर्न नसक्दा र जिट्कोमार्फत नेपाली प्रशिक्षार्थी कामदार पठाउन रोजगारदाता पहिचान गर्न नसक्दा प्रक्रिया सुस्त भएको वैदेशिक रोजगार विभागले जनाएको छ । 

विभागका निर्देशक कृष्णप्रसाद भुसालले म्यानपावरले माग ल्याउन नसक्दा प्रशिक्षार्थी कामदार पठाउने काम सुस्त भएको बताए। माग ल्याउन नसक्दा सम्झौता भएको करिब २ दशकपछि जापानका विभिन्न क्षेत्रमा प्रशिक्षार्थीको कामदारका रूपमा नेपाली युवालाई पठाएर सीपयुक्त बनाउने योजना अलपत्र परेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...

आज २०८२ साल चैत ४ गतेको राशिफल

आज चैत ४, २०८२ ( मार्च १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

सिताराम गोकुल मिल्क्सको दूध बिक्रीमा रोक, गुणस्तर कम भेटिएपछि कारबाही

काठमाडौं, ३ चैत – खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले कीर्तिपुरस्थित सीताराम गोकुल मिल्क्सले उत्पादन...

पोखरामा प्याराग्लाइडिङ पुनः सुरु हुने, च्याम्पियनसिप आयोजना हुँदै

कास्की, चैत ३ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको कारण रोकिएको प्याराग्लाइडिङ खेल अब फेरि सुरु हुँदैछ।...