News Portal

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

हिमालीसंचार संवाददाता
२३१ पटक

काठमाडौं – प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन  आचारसंहिताको  उल्लङ्घन  गरेको  पाइएको  छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको  जवाफमा  प्रमुख  राजनीतिक  दलकै सङ्ख्या बढी छ ।

आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी  पार्टी,  नेपाल,  नेकपा  (एकीकृत  समाजवादी)     राष्ट्रिय   प्रजातन्त्र   पार्टी   छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको  पूर्ण  पालनाका  लागि  आग्रह  गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । 

तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको  कानुन  तथा  राजनीतिक  दल  व्यवस्थापन  महाशाखा  प्रमुख  एवं  सहसचिव  यज्ञप्रसाद  भट्टराईले  ३२  दल,  उम्मेदवार  तथा  पदाधिकारीसँग   जवाफ   मागिएको   जानकारी   दिए । उनले पाँच जनाको जवाफ अझै नआएको बताए   

पछिल्लो  पटक  आयोगले  नेकपा  (एमाले) र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...