News Portal

निर्वाचन आयोगले ३२ दललाई सोध्यो स्पष्टीकरण

हिमालीसंचार संवाददाता
१८९ पटक

काठमाडौं – प्रमुख राजनीतिक दलहरूले नै निर्वाचन  आचारसंहिताको  उल्लङ्घन  गरेको  पाइएको  छ । निर्वाचन आयोगले आचारसंहिता उल्लङ्घन प्रकरणमा मागेको  जवाफमा  प्रमुख  राजनीतिक  दलकै सङ्ख्या बढी छ ।

आयोगले जवाफ मागेकामा नेकपा (एमाले), नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), जनता समाजवादी  पार्टी,  नेपाल,  नेकपा  (एकीकृत  समाजवादी)     राष्ट्रिय   प्रजातन्त्र   पार्टी   छन् । आयोगले राजनीतिक दललाई पटक पटक आचारसंहिताको  पूर्ण  पालनाका  लागि  आग्रह  गर्दै विशेष निर्देशनसमेत जारी गर्दै आएको छ । 

तथापि आचारसंहिता उल्लङ्घनका घटनामा प्रमुख राजनीतिक दल मुछिने क्रम घटेको छैन । आयोगको  कानुन  तथा  राजनीतिक  दल  व्यवस्थापन  महाशाखा  प्रमुख  एवं  सहसचिव  यज्ञप्रसाद  भट्टराईले  ३२  दल,  उम्मेदवार  तथा  पदाधिकारीसँग   जवाफ   मागिएको   जानकारी   दिए । उनले पाँच जनाको जवाफ अझै नआएको बताए   

पछिल्लो  पटक  आयोगले  नेकपा  (एमाले) र नेपाली काँग्रेसलाई चुनावी प्रचारप्रसारको क्रममा बालबालिकाको प्रयोग गरेको सम्बन्धमा सो दलसँग जवाफ मागेको हो । यो समाचार गोरखापत्र दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...