News Portal

सुधारको बाटोमा नेपाल वायुसेवा निगम

हिमालीसंचार संवाददाता
१८० पटक

काठमाडौं – राजनीतिक हस्तक्षेपलगायत विविध कारणले विगतका केही वर्षदेखि आर्थिक रूपमा निकै कमजोर अवस्थामा पुगेको मुलुकको राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम हाल सुधारको बाटोमा अघि बढेको देखिएको छ । निगमको पछिल्लो

६ महिनाको वित्तीय सूचकले निगम हाल केही आर्थिक अवस्था सुधारको बाटोमा अघि बढेको देखिएको हो । हाल आफूसँग भएका विमानको उपयोगिता, उच्च दरको सिट अकुपेन्सी एवं गन्तव्य विस्तारका कारण निगमको आर्थिक पक्ष सुदृढ बन्दै गएको निगमले जनाएको छ ।

निगमका कार्यकारी अध्यक्ष युवराज अधिकारीले हाल निगमको वित्तीय अवस्था सुदृढ हुँदै गएको दाबी गरेका हुन् । उनका अनुसार पछिल्लो समय निगमले ओभर ड्राफ्ट सीमाबाट गरिएको खर्च पुरै भुक्तानी गरिसकिएको छ र आवश्यक परेको बेला सो सीमाभित्र रहेर वित्तीय सुविधा लिन सक्नेछ।

ओभर ड्राफ्ट रकम भुक्तानीपछि पाँच महिनाको अवधिमा निगमलाई यसको ब्याज भुक्तानी गर्ने दायित्वबापतको रकमसमेत बचत भएको छ । यो ब्याज भुक्तानीको दायित्व नरहँदा पनि आर्थिक रूपमा निगमलाई ठुलो राहत भएको छ । यसैगरी, निगमले चालू आर्थिक वर्ष २०७८/७९ को बितेका आठ महिना (साउनदेखि फागुन) सम्म ८ अर्ब ३९ करोड आम्दानी गरेको छ । यो अघिल्लो वर्षको तुलनामा ४७ प्रतिशतले बढी हो ।  आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...