News Portal

प्याब्सनले आचारसंहिता पालन भए नभएको अनुगमन गर्ने

हिमालीसंचार संवाददाता
१८९ पटक

काठमाडौं – प्याब्सनले सदस्य विद्यालयहरूलाई आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको छ। कार्यान्वयन नगर्ने विद्यालयको सदस्यता नवीकरण नगर्ने जनाएको छ। प्याब्सनले प्रदेश, जिल्ला र स्थानीय कार्यसमितिलाई पत्राचार गरी जेठ २० गतेभित्र आचारसंहिता पालन भए नभएको अनुगमन गर्न सबै कार्यसमितिलाई निर्देशन दिएको हो।

प्याब्सन महासचिव आरबी कटुवालले प्याब्सनको केन्द्रीय कार्यसमितिले सबै सदस्य विद्यालयलाई अनिवार्य रूपमा आचारसंहिता पालना गर्न निर्देशन दिएको जानकारी दिए। उनले भने- ‘सबै सदस्य विद्यालयलाई नियम परिधिभित्र रहेर विद्यालय सञ्चालन गर्न यो निर्देशन दिएका हौँ।’ देशभर करिब ७ हजार निजी विद्यालयमा एकैसाथ आचारसंहिता कार्यान्वयन गराउन प्याब्सनले यस्तो निर्देशन दिएको हो।

प्याब्सनले आचारसंहिताको मूलभूत ११ विषय किटान गरी आचारसंहिता कार्यान्वयन गर्न निर्देशन दिएको। नयाँ शैक्षिक सत्रमा प्याब्सनका विद्यालयबीच नै अस्वस्थ प्रतिस्पर्धा हुनसक्ने भएपछि त्यसलाई सचेत गराउन आचारसंहिता जारी गर्न लागेको हो। आजको नेपाल समाचारपत्र दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...