News Portal

सशस्त्रमा आईजीपी अर्याल सुरुमै निरीह

हिमालीसंचार संवाददाता
२४२ पटक

काठमाडौं – सशस्त्र प्रहरी बलका नायव महानिरीक्षक (डीआईजी) नारायणदत्त पौडेल एआईजीमा बढुवा सिफारिस भएका छन्। गृह मन्त्रालयको बढुवा सिफारिस समितिले बुधबार पौडेललाई सशस्त्र प्रहरी नियमावली २०७२ को नियम ३९ को उपनियम (१) को (क) बमोजिम एआईजीमा बढुवा सिफारिस गरेको हो।

सशस्त्रमा दुई वटा एआईजी पद रिक्त भए पनि पौडेललाई आईजीपीको एकल दाबेदार बनाउन र सिनियारिटी देखाउन एकल बढुवा सिफारिस गरिएपछि उच्च अधिकारी असन्तुष्ट बनेका छन्।

वैशाख १८ गते आईजीपी नियुक्त भएका राजु अर्यालले संगठनमा विधिपद्धती कायम गर्न भूमिका खेल्ने आंकलन गरिए पनि उनी राजनीतिक नेतृत्वसामु निरीह देखिएका छन्।

संगठन सुदृढीकरण गर्ने र विधिसम्मत सरुवा बढुवा गर्ने प्रतिबद्धता जनाएका अर्याल सुरुवातमै वेथितिको साझेदार बनेका छन्। उनी सदस्य सचिव रहेको बढुवा सिफारिस समितिले अमूक अधिकारीको फाइदाका लागि योजनाबद्धरुपमा एकल बढुवा सिफारिस गरेको हो।

सशस्त्रमा रिक्त दुई एआईजीमा बढुवाका लागि चार जना डीआईजीले आवदेन दिएका थिए। पौडेलसहित चन्द्रप्रकाश गौतम, वंशी दाहाल र किशोर प्रधानको आवेदन परेको थियो। प्रधानले एआईजी बढुवाका लागि निवेदन दिए पनि आवेदकमध्ये कनिष्ठ भएका कारण उनको सम्भावना कम थियो। यो समाचार अन्नपूर्ण पोष्टमा छ । 

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...