News Portal

कुवेतबाट मिक्सरभित्र लुकाइ ल्याएको १०० ग्राम सुन बरामद

हिमालीसंचार संवाददाता
४९० पटक

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवैध रुपमा ल्याइएको १०० ग्राम सुन बरादम गरिएको छ। जजिरा एअरबाट मंगलबार कुवेतबाट काठमाडौं आएका रुपन्देहीका २८ वर्षीय नेपालीलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ।

करिब १०० ग्राम सुनलाई मिक्सरको भित्री भागमा फल्स बटम बनाई बाहिर कालो टेपले बेरेर ल्याएको अवस्थामा भेटिएकोले थप अनुसन्धान एवम् कारवाहीको लागि भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएको छ।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ। त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ राजस्व तिर्नुपर्छ।

राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानून बमोजिम त्यस्तो सुन जफत गर्नुको साथै त्यस्तो सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजाय गर्छ।

प्रतिकृया दिनुहोस्

कांग्रेस नेता चन्द्र थापाः एकता र सहकार्य आजको आवश्यकता

धादिङ – आगामी निर्वाचनमा प्रत्यक्षतर्फ आफ्नो उम्मेदवारी घोषणा गर्दै नेपाली कांग्रेसका नेता चन्द्र थापाले पार्टीभित्रका...

अमरेशकुमार सिंहले बालेन शाहलाई प्रधानमन्त्री बनाइदिन आग्रह, नभए आत्मदाहको चेतावनी

काठमाडौं, ५ माघ – राष्ट्रिय स्वतन्त्र पार्टीका डा. अमरेशकुमार सिंहले अबको प्रधानमन्त्री बालेन शाह नै...

तराईमा गोबरका दाउरा बनाउँदै महिलाहरू

रबिन्द्र बराल/मोरङ, माघ ५ – मोरङको रङ्गेली, सुनबर्सी, रतुवामाई तथा धनपालथान क्षेत्रका गरिब तथा अतिविपन्न...

पोखराको फोहोर व्यवस्थापन संकट : विवाद, अव्यवस्था र दुर्गन्धले सहर आक्रान्त

पोखरा, माघ ५ – पर्यटकीय सहर पोखरा अहिले फोहोर व्यवस्थापनको गम्भीर संकटमा फसेको छ ।...

कुवेतमा राप्रपाको भातृ संगठन ‘पानस’को तदर्थ समिति गठन संयोजकमा राम न्यौपाने

कुवेत– राष्ट्रिय प्रजातन्त्र पार्टी (रा:प्र:पा:) को भातृ संगठन प्रवासी नेपाली एकता समाज (पानस) को तदर्थ...