News Portal

कुवेतबाट मिक्सरभित्र लुकाइ ल्याएको १०० ग्राम सुन बरामद

हिमालीसंचार संवाददाता
५३२ पटक

काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल काठमाडौंमा अवैध रुपमा ल्याइएको १०० ग्राम सुन बरादम गरिएको छ। जजिरा एअरबाट मंगलबार कुवेतबाट काठमाडौं आएका रुपन्देहीका २८ वर्षीय नेपालीलाई विमानस्थल भन्सार कार्यालयका कर्मचारीले चेकजाँच गर्दा उक्त सुन भेटिएको प्रहरीले जनाएको छ।

करिब १०० ग्राम सुनलाई मिक्सरको भित्री भागमा फल्स बटम बनाई बाहिर कालो टेपले बेरेर ल्याएको अवस्थामा भेटिएकोले थप अनुसन्धान एवम् कारवाहीको लागि भन्सार कार्यालयले सुनसहित यात्रुलाई नियन्त्रणमा लिएको छ।

भन्सार ऐन, २०६४ तथा आर्थिक ऐन, २०७८ अनुसार विदेशबाट नेपाल आउने नेपाली यात्रुले अधिकतम १०० ग्रामसम्म काँचो सुन लिएर आउँदा भन्सार कार्यालयमा घोषणा गरी भन्सार राजस्व तिरेर ल्याउन पाउने कानूनी व्यवस्था छ। त्यसरी राजस्व तिर्दा १०० ग्राम सुनको १ लाख ५६५ राजस्व तिर्नुपर्छ।

राजस्व छलेर सुन आयात गर्दा भन्सार कार्यालयले प्रचलित कानून बमोजिम त्यस्तो सुन जफत गर्नुको साथै त्यस्तो सुनको प्रचलित बजार मूल्य बराबर जरिवाना र कैद सजाय गर्छ।

प्रतिकृया दिनुहोस्

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...

आज २०८३ साल वैशाख १४ गतेको राशिफल

आज वैशाख १३, २०८३ ( अप्रिल २५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...