News Portal

बाबु छोरा आमनेसामने

हिमालीसंचार संवाददाता
२२९ पटक

काठमाडौं – पहिलो संविधानसभा निर्वाचनमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाललाई चुनावमा हराएर चर्चा कमाएका रोल्पाली माओवादी नेता झक्कुप्रसाद सुवेदी यतिबेला असजिलोमा छन् । स्थानीय तह निर्वाचनमा झक्कु सुवेदीका छोरा सन्तोष सुवेदी विप्लव नेतृत्वको नेकपाको निर्देशन बमोजिम स्वतन्त्रबाट वडाध्यक्षमा उम्मेदवार बनेका छन्।

बुवा नेकपा माओवादी केन्द्रका केन्द्रीय नेता हुन् भने छोरा विप्लवका जिल्ला स्तरीय नेता हुन् । छोरा नै अर्को दलको प्रतिनिधित्व गर्दै स्वतन्त्रबाट उम्मेदवार बनेपछि सकस थपिएको हो । माओवादी केन्द्रका नेतासमेत  रहेका उनीहरू रोल्पा सुनिल स्मृति गाउँपालिका वडा न. ६ गजुलका स्थायी वासिन्दा हुन् । 

वडाध्यक्षको उम्मेदवार बनेका सन्तोष जनतामा आफूबारे धारणा राम्रो रहेको बताउँदै विपक्षले भ्रम छर्न खोजेको आरोप लगाउँछन् । ‘बुवाको कारण मेरो भोट घट्दैछ,’ उनी भन्छन् । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

रास्वपाका सभापतिले राई–लिम्बू समुदायको प्रतिनिधित्वमा खेद व्यक्त गरे

काठमाडौं, ४ चैत – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानले प्रतिनिधिसभामा आफ्नो पार्टीबाट...

खोटाङमा हेलिकप्टर दुर्घटना, एक जना घाइते

खोटाङ, चैत ४ — एयर डाइनेस्टीको ९एन-एएफक्यू हेलिकप्टर बुधबार खोटाङको केपिलासगढी गाउँपालिका–२, बालाबेसीमा दुर्घटनाग्रस्त भएको...

प्रधानमन्त्रीको नेतृत्वको प्रशंसा गर्दै प्रचण्डले भने– निर्वाचन नहुँदा देश संकटमा पर्थ्यो

काठमाडौं, ४ चैत — प्रधानमन्त्री सुशीला कार्कीको नेतृत्वमा प्रतिनिधिसभा निर्वाचन सफलतापूर्वक सम्पन्न भएको भन्दै प्रमुख राजनीतिक...

सहयोगको अपिल: एकै परिवारका तीन सदस्य बिरामी, उपचार खर्च जुटाउन समस्या

रबिन्द्र बराल/ मोरङ, चैत ४ – मोरङको सुनबर्सी नगरपालिका–६, पटियापाडा स्थित पासवान टोलमा विगत ३० वर्षदेखि...

रङ्गेलीबाट २१ जनाले आमाको नामबाट नागरिकता स्वीकृति पाए

रविन्द्र बराल, मोरङ/ चैत ४ – रङ्गेलीस्थित इलाका प्रशासन कार्यालयबाट दुई जनाले नेपाली नागरिकता प्राप्त गरेका...