News Portal

अमेरिकाका एक नेपालीलाई मनी लण्डरिङमा जेल सजाय

हिमालीसंचार संवाददाता
४०२ पटक

अमेरिका। टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ।

डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।

उनलाई ४६ महिना केन्द्रीय जेलमा राख्ने निर्णय भएको छ। एक वर्षअघि भुसाललाई सजायका लागि अदालतमा पेश गरिएको थियो। विभिन्न प्रकारका गलत काममा भुसाल संलग्न भएको देखिएपछि उनी पक्राउ परेका थिए।

थुप्रै गलत काम गर्दै आएका भुसालले १० हजार अमेरिकी डलरभन्दा कमको नगद कारोबार गर्दै कानुन छल्नेसम्मको प्रयास गर्दै आएका थिए। उनले अमेरिका बाहिर पनि पैसा पठाएको जनाइको छ।

उनलाई १४ लाख ३७ हजार ३५९ अमेरिकी डलर यसरी कारोबार गरेको आरोप लगाइएको छ। अनलाइन जुवालगायत विभिन्न काममा नेपाली संलग्न भन्दै अहिले त्यहाँ कडाई गरिएको छ। थुप्रै नेपालीलाई अमेरिकी राजश्व विभाग आइआरएसले पत्र पठाएको बुझिएको छ। हिमालयखबरबाट

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...