News Portal

अमेरिकाका एक नेपालीलाई मनी लण्डरिङमा जेल सजाय

हिमालीसंचार संवाददाता
४४८ पटक

अमेरिका। टेक्सस अर्भिङका ४६ वर्षीय दीपेन्द्र भुसाललाई क्रिप्टोकरेन्सीसँग सम्वद्ध मनी लण्डरिङ कन्सपरेसीको आरोपमा जेल चलान भएको छ।

डिपार्टमेण्ट अफ जस्टिस युएस एटोर्नी अफिस इस्टर्न डिष्ट्रिक्ट अफ टेक्ससले भुसाललाई क्रिप्टोकरेन्सी मनी लण्डरिङमा उनको भूमिकालाई दोषी ठहर गर्दै उक्त सजाय सुनाएको हो।

उनलाई ४६ महिना केन्द्रीय जेलमा राख्ने निर्णय भएको छ। एक वर्षअघि भुसाललाई सजायका लागि अदालतमा पेश गरिएको थियो। विभिन्न प्रकारका गलत काममा भुसाल संलग्न भएको देखिएपछि उनी पक्राउ परेका थिए।

थुप्रै गलत काम गर्दै आएका भुसालले १० हजार अमेरिकी डलरभन्दा कमको नगद कारोबार गर्दै कानुन छल्नेसम्मको प्रयास गर्दै आएका थिए। उनले अमेरिका बाहिर पनि पैसा पठाएको जनाइको छ।

उनलाई १४ लाख ३७ हजार ३५९ अमेरिकी डलर यसरी कारोबार गरेको आरोप लगाइएको छ। अनलाइन जुवालगायत विभिन्न काममा नेपाली संलग्न भन्दै अहिले त्यहाँ कडाई गरिएको छ। थुप्रै नेपालीलाई अमेरिकी राजश्व विभाग आइआरएसले पत्र पठाएको बुझिएको छ। हिमालयखबरबाट

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...