News Portal

श्रम सम्झौतामा शून्य लागतलाई प्राथमिकता

हिमालीसंचार संवाददाता
३३८ पटक

काठमाडौं – सरकारले वैदेशिक रोजगारीका लागि तोकेका नयाँ तथा पुराना श्रम गन्तव्यसँग श्रम सम्झौता र परिमार्जन गरी खस्किँदो वैदेशिक रोजगारलाई प्रवर्द्धन गर्ने अभियान थालेको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले कतार, युएई साउदी अरब, मलेसिया लगायतका श्रम गन्तव्यसँग गरिएको सम्झौतालाई परिमार्जन र केही नयाँ गन्तव्यसँग नयाँ सम्झौता गर्ने तयारी गरेको हो।

श्रममन्त्री कृष्णाकुमार श्रेष्ठले हालै खाडीका प्रमुख श्रम गन्तव्य, सेसेल्स र मलेसियाको भ्रमण गरी श्रम सम्झौता गर्ने तयारी थालेका छन् । नेपालबाट हाल व्यावसायिक रूपमा ११० र व्यक्तिगत सहित १७० भन्दा बढी देशमा रोजगारीमा जान श्रम स्वीकृति जारी हुँदै आएको छ । 

मलेसियाको श्रम बजारको आवश्यकताबमोजिम नेपाली युवाहरूलाई सीपयुक्त बनाई थप रोजगारीका अवसरहरू प्रदान गर्ने, रोजगारीको लागि युवाहरूको छनौट तथा नियुक्तिमा शून्य लागत सहितको स्वच्छ नियुक्तिको सिद्धान्तलाई थप प्रभावकारी बनाउने विषयलाई प्राथमिकतामा राखिएको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...