News Portal

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

हिमालीसंचार संवाददाता
२३२ पटक

काठमाडौं – वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकद्वारा परिपत्रमा भनिएको छ, ‘अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ । 

विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुठो ठहरिएमा कानुनबमोजिम सहुँला, बुझाउँला भन्ने बेहोराको विद्युतीय रूपमा स्व. घोषणा गर्न लगाउनुपर्नेछ ।

यसैगरी, राष्ट्र बैंकले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...