News Portal

वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने

हिमालीसंचार संवाददाता
२७० पटक

काठमाडौं – वालेटमा लोड गरेको रकम खातामा ट्रान्सफर गर्न नपाइने र एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा प्रयोजन खुलाउनुपर्ने भएको छ । नेपाल राष्ट्र बैंकले सोमबार भुक्तानीसम्बन्धी कार्य गर्ने अनुमतिपत्र प्राप्त सबै संस्थाहरूको नाममा परिपत्र जारी गर्दै यस्तो व्यवस्था गरेको हो ।

राष्ट्र बैंकद्वारा परिपत्रमा भनिएको छ, ‘अबदेखि विद्युतीय वालेटमा रकम लोड गर्दा, एक वालेटबाट अर्को वालेटमा रकमान्तर गर्दा तथा अन्य विद्युतीय भुक्तानी कारोबार गर्दा अनिवार्य रूपमा प्रयोजन खुलाउनुपर्ने व्यवस्था गर्नुपर्नेछ । 

विद्युतीय वालेटमा ग्राहकले खाता खोल्दा तथा ग्राहक पहिचान विवरण अद्यावधिक गर्दा पेस गरेको विवरण ठीक साँचो रहेको तथा सो विवरण झुठो ठहरिएमा कानुनबमोजिम सहुँला, बुझाउँला भन्ने बेहोराको विद्युतीय रूपमा स्व. घोषणा गर्न लगाउनुपर्नेछ ।

यसैगरी, राष्ट्र बैंकले क्रेडिट कार्डबाट अधिकतम १० प्रतिशतसम्म रकम झिक्ने व्यवस्था लागू गर्न निर्देशन दिएको छ । भुक्तानी प्रणालीसम्बन्धी एकीकृत निर्देशन–२०७८ मा संशोधन गर्दै राष्ट्र बैंकले यो व्यवस्था लागू गरेको हो । आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...