News Portal

हङकङमा एक काउन्सिलरले गरिन आफ्नै कार्यालयमा आत्महत्या

हिमालीसंचार संवाददाता
३६९ पटक

युव राई,
हङकङ। हङकङकी एक महिला डिस्ट्रिक्ट काउन्सिलरले आफ्नै कार्यालयमा आइतवार दिउंसो आत्महत्या गरेकी छन्। पेङ चाउ र हे लिङ चाउ जिल्ला काउन्सिलर जोसेफिन साङले कोइला जलाएर आत्महत्या गरेको स्थानीय मिडियाले जनाएको छ।

दिउँसो १ः२३ बजे पेङ चाउको ५८ विङ अन स्ट्रिटको भुईं तलामा रहेको कार्यालयमा एक महिला कोइला जलाएर बेहोस भएको खबर प्रहरीलाई प्राप्त भएको थियो।

फायर सर्भिस विभागले कार्यालयको ढोका फोडेर भित्र पस्दा उनी मृत फेला परेकी हुन्। मृतक पेङ चाउ र हे लिङ चाउ टापुका जिल्ला परिषदका सदस्य जोसेफिन साङ साउ-हो रहेको खुलेको छ। प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको जनाएको छ।

सेक्युरिटी म्यानेजरको रुपमा काम गर्ने साङ सामुदायिक मामिला, संस्कृति तथा मनोरञ्जन समिति, जिल्ला सुविधा व्यवस्थापन समिति र ट्राफिक तथा यातायात समितिलगायत विभिन्न जिल्ला परिषद् समितिका सदस्य थिइन्। उनी पर्यटन, कृषि, मत्स्यपालन, वातावरणीय सरसफाई तथा जलवायु परिवर्तन समितिको उपाध्यक्षसमेत थिइन्।

प्रतिकृया दिनुहोस्

रवि लामिछाने फेरि सक्रिय, आज रास्वपाको केन्द्रीय समिति बैठक

काठमाडौं, ६ पुस – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पुनः पार्टी गतिविधिमा...

जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी आन्दोलनको घोषणा

काठमाडौं, पुष ६ – जेनजी मिराज ढुङ्गाना समूहले भोलिबाट देशव्यापी शान्तिपूर्ण आन्दोलन गर्ने निर्णय गरेको...

पूर्वराष्ट्रपतिद्वारा पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान, राजसंस्था फेरि फर्कन सक्ने संकेत

काठमाडौं, पुष ६ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले पूर्वराजा ज्ञानेन्द्रप्रति सम्मान व्यक्त गर्दै नेपालको राजसंस्था भविष्यमा...

जेनजी फ्रन्टको नयाँ सल्लाहकार परिषदमा रास्वपा नगएका नेता मिलन पाण्डे सहभागी

काठमाडौं, पुस ६ – नेपाल जेनजी फ्रन्टले आफ्नो कार्यकुशलता बढाउन नयाँ सल्लाहकार परिषद गठन गरेको छ। १३...

प्रधानमन्त्री कार्कीद्वारा मौलिकता जोगाउन जोड, परम्परागत पोशाकको प्रोत्साहन

काठमाडौं, पुष ६ – प्रधानमन्त्री सुशीला कार्कीले आधुनिकताका नाममा आफ्ना मौलिक परम्परा र सांस्कृतिक पहिचानलाई...