News Portal

‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता

हिमालीसंचार संवाददाता
२४१ पटक

काठमाडौं – स्थानीय तह निर्वाचन मिति नजिकिँदै गर्दा उम्मेदवारहरूले ‘डिजिटल’ प्रचारप्रसारको माध्यमलाई तीव्रता दिएका छन् । फेसबुक, ट्वीटर, टिकटक, युटुब, भाइबर, ह्वाट्सएपलगायतका सामाजिक सञ्जालबाट उम्मेदवारहरू आफ्ना प्रतिबद्धता व्यक्त गर्दै मत मागिरहेका छन् ।

निर्वाचनलाई आधार मानेर बनाइएका गीत पनि सामाजिक सञ्जालमा ‘अपलोड’ गरिरहेका छन् । यसका लागि उनीहरूले लाखौँ रुपैयाँ खर्च गरिरहेका छन्। राजनीतिक दलहरूले आफ्ना प्रतिबद्धता व्यक्त गर्दै आफ्ना उम्मेदवारलाई मतदान गर्न अपिलसमेत गरिरहेका छन् । 

अहिले सामाजिक सञ्जालभरि उम्मेदवारका प्रचारप्रसार तीव्र रूपमा भइरहेको छ। पहिलापहिलाको निर्वाचनमा पोस्टर बनाएर गाउँघरको भित्तामा टाँस्ने गरिन्थ्यो । तर अहिले त्यो शैली हराएको छ। राजनीतिक दलहरूले आइटी तथा सामाजिक सञ्जाल चलाउन जान्नेलाई मोटो रकम तिरेर आफ्ना उम्मेदवारको प्रचारप्रसार गराइरहेका छन् । मिडिया सेन्टर स्थापना गरेर उनीहरूले विभिन्न भाषा तथा शैलीमा प्रचारप्रसार गरिरहेका देखिन्छ। आजको राजधानी दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...