News Portal

सन् २०५० सम्म काठमाडौँमा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने

हिमालीसंचार संवाददाता
२५५ पटक

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौँ उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले काठमाडौँ उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको गुरुयोजना र आवश्यक स्रोत जुटाउन पहल गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौँ उपत्यकामा मात्रै बिजुलीको माग ३१ सय मेगावाट हुने भएकाले अहिलेदेखि नै सो बिजुलीको मागलाई सम्बोधन हुने गरी पूर्वाधार तयार गर्नुपर्ने बताएका छन् ।

‘काठमाडौँ उपत्यकामा बिजुलीको माग वर्षेनी बढ्दै गइरहेको छ’, उनले भने’बिजुलीको लोड अनुसारको पूर्वाधार नबनाएको खण्डमा ठूलो समस्या आउन सक्छ। 

त्यसैले भविष्यलाई आवश्यक पर्ने संरचना निर्माणको थालनी अहिले गर्नु जरुरी छ।’ प्राधिकरणका अनुसार प्रस्तावित प्रसारण लाइन निर्माणका लागि करिब ४० देखि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...

विद्यार्थी भर्ना अभियान सुरु, रंगेलीका विद्यालयद्वारा घरदैलो कार्यक्रम सञ्चालन

रबिन्द्र बराल – मोरङको रंगेली नगरपालिका–७ स्थित निचामारी आधारभूत विद्यालय, आदर्श माध्यमिक विद्यालय तथा पब्लिक...