News Portal

सन् २०५० सम्म काठमाडौँमा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने

हिमालीसंचार संवाददाता
२१३ पटक

काठमाडौं – नेपाल विद्युत् प्राधिकरणले सन् २०५० सम्म काठमाडौँ उपत्यकामा बिजुलीको माग ३१ सय मेगावाट पुग्ने प्रक्षेपण गरेको छ। प्राधिकरणले काठमाडौँ उपत्यकामा बढ्दो बिजुलीको माग धान्ने गरी नयाँ संरचना निर्माणको गुरुयोजना र आवश्यक स्रोत जुटाउन पहल गर्ने भएको छ।

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सन् २०५० भित्र काठमाडौँ उपत्यकामा मात्रै बिजुलीको माग ३१ सय मेगावाट हुने भएकाले अहिलेदेखि नै सो बिजुलीको मागलाई सम्बोधन हुने गरी पूर्वाधार तयार गर्नुपर्ने बताएका छन् ।

‘काठमाडौँ उपत्यकामा बिजुलीको माग वर्षेनी बढ्दै गइरहेको छ’, उनले भने’बिजुलीको लोड अनुसारको पूर्वाधार नबनाएको खण्डमा ठूलो समस्या आउन सक्छ। 

त्यसैले भविष्यलाई आवश्यक पर्ने संरचना निर्माणको थालनी अहिले गर्नु जरुरी छ।’ प्राधिकरणका अनुसार प्रस्तावित प्रसारण लाइन निर्माणका लागि करिब ४० देखि ५० अर्ब रुपैयाँ लाग्ने अनुमान गरेको छ। आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १४ गतेको राशिफल

आज पुष १४, २०८२ (डिसेम्बर २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

नेकपाले प्रवासबाट ४ जनाको नाम समानुपातिकका लागि सिफारिस

कुवेत – आसन्न प्रतिनिधि सभा निर्वाचनका लागि प्रवास क्षेत्रबाट समानुपातिक सांसदको सिफारिस सूची नेकपाले सार्वजनिक...

बालेन शाह राजीनामा गर्ने तयारी काठमाडौंमा उपमेयर डंगोल कार्यवाहक मेयर बन्ने

काठमाडौं — काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले प्रतिनिधिसभा चुनाव लड्ने तयारीका लागि राजीनामा दिने घोषणा...

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...