News Portal

  • नेपालगन्जमा कांग्रेस केन्द्रीय सदस्य बाल्मिकीमाथी आक्रमण प्रयास

    हिमालीसंचार संवाददाता
    ४०४ पटक

    नेपालगन्ज। नेपाली कांग्रेसका केन्द्रीय सदस्य मैकुलाल बाल्मिकीमाथी आक्रमण प्रयास भएको छ। नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० स्थित आर्दशनगर (ड्रिमल्याण्ड होटल) नजिक आक्रमण प्रयास भएको हो।

    नेपाली कांग्रेसका कार्यकर्ता एवम् नेपालगन्ज उपमहानगरपालिका वडा नम्बर १० का वडासदस्य मनोज शाहीले बिहीबार बेलुका आक्रमण प्रयास गरेको बाल्मिकीले जानकारी दिए।

    ‘म सडकको किनारामा हिडिरहेको थिए, पछाडीबाट आइरहेका मनोज शाहीले स्कुटी मेरो शरिरमाथी चढाउन खोज्यो, म छेउतिर हाम फाल्न खोज्दा भुईमा लडे, तर आक्रमणबाट जोगिन सफल भए,’ उनले भने।

    शाहीले पटक-पटक किच्ने प्रयास गरेको बाल्मिकीको भनाई छ। मदिरा सेवन गरेर लठ्ठ परेका शाहीले आफुलाई गाली गलौच पनि गरेको संविधान सभा सदस्य समेत रहेका पार्टीका केन्द्रीय सदस्य बाल्मिकीले बताए।

    नेपालगन्ज उपमहानगरपालिकामा कांग्रेसको तर्फबाट आसन्न निर्वाचनका लागि शाहीले वडाअध्यक्षमा आकांक्षा राखेका थिए। तर, कांग्रेस क्षेत्र नम्बर २ ले नरबहादुर बिष्टलाई वडाअध्यक्षको टिकट दिएको थियो। टिकट वितरणप्रति शाही असन्तुष्ट थिए। उक्त घटनापछि आफु निकै असुरक्षित महसुस गरेको केन्द्रीय सदस्य बाल्मिकीले बताए।

    स्थानीय प्रहरी, प्रशासनसँग आफ्नो सुरक्षाको ब्यवस्था मिलाउन उनले अनुरोध गरेका छन्। घटनाप्रति नेपाली कांग्रेसका नेता, कार्यकर्ताले दुःख ब्यक्त गरेका छन्। टिकट वितरणप्रति असन्तुष्टी भएपनि सम्मानित केन्द्रीय नेतामाथी आक्रमण नै गर्न खोज्नु उचित नभएको कांग्रेस नेता, कार्यकर्ताले बताएका छन्। घटनाबारे प्रतिक्रिया लिन सम्पर्क गर्दा शाहीको फोन अफ छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...