News Portal

विद्यालयको कक्षाकोठामै बालिका बलात्कार गर्ने शिक्षक पक्राउ

७१७ पटक

श्रीराम केसी
बनेपा – काभ्रेको बेथानचोक गाउँपालिका को कालिका माविमा अध्यनरत २ बालिकालाई सोही विद्यालयका शिक्षकले बलात्कार गरेको आरोपमा प्रहरीले प्रक्राउ गरेको छ।

कक्षा ५ मा अध्ययनरत ९ वर्षीया दुई बालिकालाई ललाईफकाई र धम्काएर निरन्तर १ वर्षदेखि कक्षा कोठामै बलात्कार गरेको आरोपमा जिल्ला प्रहरी कार्यालय काभ्रेले सोही विद्यालयका शिक्षक शंकर पहरीलाई पक्राउ गरेको हो।

बालिकालाई लोभ, डर, धम्कीमा कक्षा कोठामै बलात्कार गर्ने, यौन अंग खेलाउने, सुमसुमाउने गरेको पीडित बालिकाकी आमाले प्रहरीमा दिएको जाहेरीमा उल्लेख छ।

जाहेरीमा कक्षाकोठामा अन्य साथीलाई गृहकार्य गर्न लगाउने र उक्त बालिकालाई अन्तिम बेन्चमा राखेर यौन अंगमा औलाले चलाउने घुसारर्ने गरेको बालिकाले बताएकी छन्।

गत असोज १० गते  दिउँसो खाजा खाने समयमा कक्षामा कोही नभएको मौका छोपी सरले काखमा राखी पिसाब फेर्ने ठाउँमा सरको पिसाब फेर्ने  छिराएको र दुखेर घरमा गएर आमालाई भनेपछी घटना बारे थाहा पाएको पीडित बालिकाकी आमाले बताइन्।

‘छोरीको सँगैसँगै अर्की बालिकालाई पनि त्यस्तै गरी  बलात्कार गर्ने गरेको रहेछ, छोरीले भनेपछि थाहा पाएर पीडित बालिकाको आमालाई भन्दै प्रहरीमा जाहेरी दियौँ’, उनले थपिन्, ‘असोज १६ गते घरमा राति खाना खाने क्रममा मलाई र मेरो साथीलाई शंकर सरले पिसाब फेर्ने ठाउँमा गरेको भनेपछि हेर्दा रातो र सुनिएको देखेपछि मैले प्रहरीमा जाहेरी दिएँ।’

आरोपित शिक्षकले बालिकालाई कसैलाई भनेमा सबैको अगाडि पिट्ने धम्की दिएर कक्षा ४ देखि नै यौन अंग चलाउने गरेको बालिकालाई उद्धृत गर्दै आमाले बताएकी छन्।

आरोपित शिक्षक पनौती नगरपालिका १० खोपासीमा बस्दै आएका छन्। आरोपित शिक्षक सामाजिक तथा नैतिक विषय बढाउने गर्थे। पीडितको जाहेरीका आधारमा शिक्षकलाई पक्राउ गरी अनुसन्धान अगाडि बढाएको प्रहरीले जनाएको छ।

आरोपितमाथि अनुसन्धान सुरू भएको जिल्ला प्रहरी कार्यालय धुलिखेलका एसपी रविराज खड्काले जानकारी दिए।  उनका अनुसार अदालतबाट अनुसन्धानका लागि जिल्ला अदालतबाट ७ दिनको म्याद थप भएको छ।

प्रतिकृया दिनुहोस्

अबैध रूपमा खोला उत्खनन, नगरपालिका मौन

मोरङ, वैशाख ६/रविन्द्र बराल – मोरङको रतुवामाई नगरपालिका–५ स्थित रतीलाल टोल नजिक रहेको बक्राहा खोलामा अवैध...

भोलिदेखि गोरखाका सामुदायिक विद्यालय सञ्चालनमा आउने

गोरखा, वैशाख ६ — गोरखा जिल्लाका सामुदायिक विद्यालयहरुमा भोलि सोमबारदेखि पठनपाठन सुरु गरिने भएको छ।...

आज २०८३ साल वैशाख ६ गतेको राशिफल

आज वैशाख ६, २०८३ ( अप्रिल १९, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल वैशाख ५ गतेको राशिफल

आज वैशाख ५, २०८३ ( अप्रिल १८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवहेलना मुद्दामा प्रधानमन्त्री शाहलाई वारेस राख्न सर्वोच्चको अनुमति

काठमाडौं, ४ वैशाख — प्रधानमन्त्री बालेन शाहले अब अदालतको अवहेलना सम्बन्धी मुद्दामा आफैं उपस्थित नभई...