News Portal

राजनीतिबाट विरक्तिए घिमिरे!

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं – नेपाली कांग्रेस नेता गुरुराज घिमिरेले मंगलबार बिहान सामाजिक सञ्जालमा लेखे, ‘सक्रिय राजनीतिबाट बिदा लिऊँ कि भन्ने लागेको छ। स्थानीय चुनावको लगत्तै निर्णय लिन्छु। स्थानीय तहमा देशभरि उम्मेदवार बन्नुभएका साथीहरूलाई विजयको शुभकामना छ !’ पूर्वकेन्द्रीय सदस्य घिमिरेले चुनावकै बेला राजनीतिप्रति वितृष्णायुक्त विचार किन व्यक्त गरे ? जसले पार्टीका शीर्ष नेतासम्म तरंगित भए। नेता–कार्यकर्ताले फोन गरेर राजनीतिको मैदान नछाड्न सुझाव दिएका छन्।

शुभेच्छुकले सामाजिक सञ्जालबाटै राजनीतिमा बढ्दो विकृतिलाई राजनीतिकै मैदानबाट परास्त गर्न सुझाएका छन्। तर, नेता घिमिरेले भने, ‘राजनीति मेरा लागि उपयुक्त फिल्ड भएन। पार्टीको एउटा गुटले ढोका थुनेको थियो। अर्कोले पनि ढोका थुनेपछि के गर्ने ? वर्षौंदेखि इमानदारीको राजनीति गर्नेको स्थान खोइ ?’

पार्टीमा डा. शेखर कोइरालानिकट रहेका उनी उक्त समूहप्रति पनि असन्तुष्ट देखिए। ‘पार्टीमा मूल्य पद्धति छैन। राय परामर्श कसैको लिइँदैन’, घिमिरेले भने, ‘यस्तो भएपछि निस्क्रिय बस्नुको विकल्पबाहेक के रह्यो ?’ पार्टीका सबै समूह उस्तै रहेको आरोप उनले लगाए। कार्यकर्तालाई अन्याय भयो भनेर बोलिदिने नेता नरहेको गुनासो घिमिरेले गरे। 

‘केही निष्ठावान साथीहरूले टिकट पाउनुभएको छ। उहाँहरूलाई शुभकामना छ। उहाँहरूलाई जिताउन लाग्छु। त्यसपछि केही निर्णय लिन्छु’, उनले भने। उनी नेपाल विद्यार्थी संघका पूर्वअध्यक्ष समेत हुन्। पार्टीको प्रदेश सभापतिमा पराजित भएका थिए । 

नेता डा. कोइरालाले फोन गरी निराश नहुन आग्रह गरेका थिए। उनले राजनीतिबाट अलग हुने बेला नभएको भन्दै सल्लाह गरेर मात्रै निर्णय लिन आग्रह गरेका थिए। कोइराला र घिमिरेबीच विराटनगर निवासमै मध्याह्न कुराकानी भएको थियो। 

घिमिरे र महेश आचार्यबीच २०७४ सालदेखि अन्तरद्वन्द्व छ। विराटनगरकै कांग्रेसका एक नेताले भने, ‘क्षेत्रीय सभापति ल्याउने कुरामा पनि उहाँहरूको द्वन्द्व नै थियो। पुरानै द्वन्द्व अहिले छताछुल्ल हुन खोजेको हो।’ स्रोतका अनुसार मंगलबार बिहान उनको निराशापूर्ण विचार छरपष्ट हुनुमा आचार्यकै हस्तक्षेप कारक छ। स्रोतका अनुसार घिमिरेको क्षेत्रमा उनी पक्षका १ जना पनि विराटनगर महानगरको सदस्य पदमा टिकट दिइएको छैन। 

घिमिरेले भने, ‘पार्टीभित्र न्यायको कुनै गुञ्जायस रहेन। पार्टीभित्र सामान्य टेक्ने धरातल पनि नहुने भएपछि मेराविरुद्ध रेडकर्नर जारी भएको महसुस मैले गरेको छु। इमान्दार राजनीति गर्नेका लागि अहिलेको समय हैन।’  उपसभापति पूर्णबहादुर खड्काले पनि घिमिरेलाई टेलिफोन गरेर हताश नहुन आग्रह गरेका थिए। आजको अन्नपूर्ण पोष्टले लेखेको छ। 

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...