News Portal

चीनको सीमामा रहेका बेस क्याम्प हटाइदै

हिमालीसंचार संवाददाता
२१० पटक

सशस्त्र प्रहरी बलले सामरिक महत्वका दुईसहित पाँचवटा जिल्लामा रहेका बेस क्याम्प हटाउन प्रस्ताव गरेको छ। सशस्त्रले नेपाल-चीन सीमा क्षेत्रसँग जोडिएको र सीमा नाकासमेत रहेको सिन्धुपाल्चोक, हुम्ला, जुम्ला, उदयपुर र पर्वत जिल्लाको बेस क्याम्प हटाउने प्रस्ताव गरेको हो ।

गृह मन्त्रालय स्रोतका अनुसार नयाँ आइजिपी पुष्पराम केसी नियुक्त भएको चार दिनपछि सो प्रस्ताव गृहमा पुगेको हो। ‘पाँचवटा जिल्लामा रहेका गुल्म हटाउने प्रस्ताव आएको छ। यसको कारण के हो भनेर हामीले सशस्त्रलाई भनेका छौं। बिनाकारण गुल्म हटाउने प्रस्ताव किन आएको थाहा छैन’, गृहका एक अधिकारीले भने । उनका अनुसार सिन्धुपाल्चोक र हुम्ला चीनसँग जोडिएका जिल्ला हुन् ।

नेपाल, भारत तथा चीनको सीमा क्षेत्रमा बोर्डर अब्जरवेसन पोस्ट (बिओपी) स्थापना गरेर सीमा सुरक्षामा खटिएको छ। तर चीनसँग जोडिएका दुई जिल्ला र अन्य तीन जिल्लाका गुल्म हटाउन गरिएको प्रस्तावप्रति मन्त्रालयले आश्चर्य व्यक्त गरेको छ।

‘यो विषयमा हामीले छलफल गरेका छौं। कुन उद्देश्यले गुल्म हटाउने प्रस्ताव आएको कुनै भरपर्दो कारण छैन । तराईमा बिओपीमा संख्या अपुग भए उपत्यकाका अन्य क्षेत्रबाट लान सकिन्छ तर हिमाली र सीमा क्षेत्रका जिल्लाबाट हटाउने प्रस्तावलाई थाती राखिएको छ’, मन्त्रालय स्रोतले भन्यो।  यो समाचार नागरिक दैनिकमा छ ।

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...