News Portal

बोल्नेको मुख थुन्ने, लेख्नेका हात बाँध्ने अनि सिके राउतलाई जोगाउने ?

५६२ पटक

स्याङ्जा – नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्व सांसद धनराज गुरुङले लोकतन्त्र र राष्ट्रियता दुवै खतरामा रहेको बताएका छन् । नेता गुरुङले सरकार पञ्चायती शासनको झल्को दिने गरी परिचालित भएको पनि बताए ।

नेपाल प्रेस युनियन स्याङ्जा शाखाको शनिवार आठौं अधिवेशनको उदघाटन गर्दै केन्द्रीय सदस्य गुरुङले लोकतन्त्रबिनाको प्रेस स्वतन्त्रता नहुने बताउँदै संविधान प्रदत्त हकलाई मुलुकी ऐन संहितामार्फत पत्रकारलाई अंकुश लगाउने काम गरेकोमा आपत्ति जनाए ।

‘बोल्नेका मुख बन्द गर्ने र लेख्ने हातमा हतकडी लगाउने तर देश विखण्डनको नारा दिने सिके राउतलाई सुरक्षा दिने जस्ता काम सरकारले गरेको छ,’ उनले भने, ‘मुलुकमा राजनीतिक परिवर्तन धेरै भएपनि प्रवृत्ति फेरिएन, पञ्चायतकालमा नमिता÷सुनिता हत्याकण्डझैं अहिले निर्मला पन्त हत्याकाण्डका अपराधीलाई सरकारले जोगाएको छ ।’

भारत र चीनतर्फ फर्केर मात्र समृद्ध नआउने उनले बताए । ‘दिगम्बर झाको नियुक्ति, ३३ किलो सुन, वाइडबडी जहाज प्रकरण, यातायात सिण्डिकेट जस्ता कुरामा सरकार माफियासँग झुक्यो,’ गुरुङले भने, ‘जनतालाई करको भारी बोकोउने अनि सिटामोलको एक चक्की खान नपाउने गरिब नागरिकका प्रधानमन्त्रीलाई २÷३ वटा बुलेटप्रुफ गाडी चाहिने ?’

यसैगरी, तत्कालीन संविधानसभा सदस्य राजु थापाले सरकारले दुईतिहाइको दम्भका आधारमा घुमाउरो पाराले पत्रकारितामा अंकुश लगाउन खोजेको बताए । जब पत्रकारका कलम लडबडाउन खोज्छन् तब देश दुर्घटनामा फस्ने बताउदै थापाले जननिर्वाचित सरकारले नागरिक झुक्काउने काम गरिरहेको गुनासो गरे ।

अन्नपूर्णकर्मी सम्मानित

यसैबीच, स्याङ्जालाई पत्रकाारिताको कर्मथलो बनाएर सक्रिय अन्नपूर्णकर्मी भवानी अधिकारीलाई सम्मानित गरिएको छ ।

पत्रकारिताको माध्यमबाट समाज रुपान्तरण, लोकतन्त्रको संस्थागत विकास र राष्ट्रियताको प्रवद्र्धन गर्न जोखिम मोलेर काम गरेको भन्दै अन्नपूर्ण पोष्ट्कर्मी अधिकारीलाई ‘फत्तबहादुर थापा डिलकुमारी थापा प्रेस युनियन जोखिम पत्रकारिता पुरस्कार’बाट सम्मान गरिएको छ ।

केन्द्रीय सदस्य धनराज गुरुङ् र जोखिम पत्रकारिता पुरस्कार संरक्षक पूर्व संसद राजु थापाले नगद, प्रमाणपत्र र दोसल्ला ओढाएर सम्मान गरेका हुन् ।

यस्तै प्रेस युनियन क्रियाशिल पत्रकारिता पुरस्कारबाट प्रेमराज पौडेल, कृषि पत्रकारिताबाट प्रकाश डोटेल, प्रेस युनियन विकास पत्रकारिताबाट राधाकृष्ण डुम्रेलाई पनि नगदसहित सम्मान गरिएको छ।

प्रतिकृया दिनुहोस्

नुतन शैलीमा ऐतिहासिक चरीत्र- यशोधरा

काठमाडौं – यशोधरा महामानव, बौद्ध धर्मका प्रवर्तक तथा महान् त्यागी सिद्धार्थ गौतमकी पत्नी हुन्। प्रस्तुत...

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...