News Portal

प्रेमीसँग मिलेर श्रीमानको हत्या

संचारकेन्द्र संवाददाता
६७९ पटक

कैलाली  कैलालीको भजनी नगरपालिका-९ भुरुवाकी एक महिलाले प्रेमीसँग मिलेर श्रीमानको हत्या गरेकी छन् ।

निर्मला राजीले प्रेमी दिलिप राजीसँग मिलेर पति नन्दु राजीको हत्या गरेको अनुसन्धानका क्रममा खुलेको इलाका प्रहरी कार्यालय भजनीका प्रमुख, प्रहरी निरीक्षक राजेन्द्रबहादुर चन्दले जानकारी दिए ।

घटनामा संलग्न दुवैजनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरी निरीक्षक चन्दले बताए ।

मृतक राजी साउन ४ गते रातिदेखि हराएका थिए । उनको शव घरबाट करिब १ किलोमिरको दुरिमा रहेको प्रतिक्षा सामुदायिक वनमा बोरामा हालेर खाल्डोमा गाडेको अवस्थामा फेला परेको थियो ।

राजीको शव पोष्टमार्टमा लागि टीकापुर अस्पतालमा पुर्‍याइएको छ ।

यसरी भयो घटना…
प्रहरीका अनुसार नन्दु सुर्खेतबाट केही दिन अघि मात्रै घरमा आएका थिए ।

श्रीमतीको सम्बन्ध अन्य केटासँग रहेको थाहा पाएपछि साउन ४ गते राति उनले श्रीमतीलाई कुटपिट गरे । अर्काे कोठामा सुत्न गए ।

नन्दु अर्को कोठामा गएपछि श्रीमतीले प्रेमी दिलिपलाई बोलाएर ठेगान लगाउने योजना बनाइन् ।

सोही योजना अनुसार घाटी थिचेर हत्या गरेको र हातखुट्टा बाँधी बोरामा हालेर घर नजिकैको वनमा गाडेको दुबैजनाले स्वीकार गरेका छन् ।

नन्दु घरमा नभएको बेला दिलिपलाई निर्मलाको घरमा देखेपछि स्थानीयले यही साउन ६ गते नजिकैको प्रहरी चौकीमा पुगी सम्झाइदिन अनुरोधसमेत गरेका थिए ।

प्रहरीले दिलिपलाई बोलाएर श्रीमान नभएको बेला निर्मलाको घरमा किन गएको भनेर सोध्दा निर्मलाले बोलाएर गएको जवाफ दिएका थिए ।

आइन्दा नजाने बताएपछि प्रहरीले दिलिपलाई छोडेको थियो । तर, घरमा आएको नन्दु तीन/चार दिनदेखि हराएपछि स्थानीयले प्रहरी चौकीमा खबर गरेका थिए ।

प्रहरीले निर्मलालाईसमेत बोलाएर सोधपुछ गर्दा हाउभाउ र प्रतिकि्रया चित्त नबुझेको भन्दै दिलिपलाईसमेत नियन्त्रणमा लिएर अनुसन्धान गरेपछि घटनाको रहस्य खुलेको प्रहरी निरीक्षक चन्दले बताए ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १ गतेको राशिफल

आज चैत १, २०८२ ( मार्च १५, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आज २०८२ साल फागुन ३० गतेको राशिफल

आज फागुन ३०, २०८२ ( मार्च १४, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पहिरोका कारण भेडेटार–नाम्जे सडक ठप्प

धनकुटा, २९ फागुन — हिमाली संचार संवाददाता। लगातार सुक्खा पहिरो झरेपछि भेडेटार–नाम्जे सडक पूर्ण रूपमा...

पशुपति आर्यघाटमा मोहनप्रसाद ओलीको अन्त्येष्टि, ओलीद्वारा मुखाग्नि

काठमाडौं, फागुन २९ — पूर्वप्रधानमन्त्री तथा केपी शर्मा ओलीका पिता मोहनप्रसाद ओलीको काठमाडौंस्थित पशुपति आर्यघाटमा...

आज २०८२ साल फागुन २९ गतेको राशिफल

आज फागुन २९, २०८२ ( मार्च १३, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...