News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • विनाशकारी भूकम्पको सात वर्ष : नमुना एकीकृत बस्ती असफल

    हिमालीसंचार संवाददाता
    १५७ पटक

    काठमाडौं – विनाशकारी भूकम्प गएर गोरखादेखि पूर्वका जिल्लामा भएको विनाशको सात वर्ष पूरा भयो । यस बीचमा सरकारले पुनर्निर्माण र पुनर्लाभलगायतका विभिन्न कार्यक्रम गरेको छ । त्यसैको एउटा क्षेत्र एकीकृत बस्ती निर्माण पनि हो ।

    २०७२ वैशाख १२ गतेको भूकम्प र त्यसपछिका पराकम्पनपछि क्षतिग्रस्त पुराना छरिएका बस्तीभन्दा एकीकृत बस्ती भौगर्भिक रूपमा सुरक्षित हुने र तिनमा खानेपानी, बिजुली, सडक, शिक्षा र स्वास्थ्यको पहुँच सहजै गराउने उद्देश्यले सरकारले १९ जिल्लामा एकीकृत नमुना बस्ती निर्माण गरेको थियो ।  गैरआवासीय नेपाली सङ्घ (एनआरएन)को सहयोगमा बनेको गोरखा जिल्लाको धार्चे गाउँपालिका गुप्सीपाखामा बनेको एकीकृत नमुना बस्तीका ५७३ घरमध्ये अहिले मुस्किलले ५० वटा घरमा मात्र मानिस बसेका छन् । 

    बस्ती विकास कार्यक्रम थालिएका समेत गरी २२ जिल्लाका ७९ वटा बस्ती बाहिरबाट हेर्दा निकै आकर्षक बने पनि त्यहाँ मानिस आकर्षित हुन नसक्नुका कारण नै जीविकोपार्जन हो । तर, भूकम्पपछि बनेका एकीकृत बस्तीमा मानिसको जीवनसँग प्रत्यक्ष जोडिएका आधारभूत आवश्यकता नै पूरा गराउने विषय नभएपछि मानिसको अरुचि बढेको छ । अधिकांश एकीकृत नमुना बस्ती असफल योजना जस्तै बनेका छन् । आजको गोरखापत्र दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज वैशाख १८, २०८२ (मे १, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    रंगेलीमा भएको आगलागी पीडितलाई सद्भावको सहयोग

    मोरङ, वैशाख १७ – रंगेली नगरपालिका–८ दर्वेशामा रहेको बिनोद पासवान र अमोद पासवानको घरमा आगलागी...

    आजको राशिफल

    आज वैशाख १७, २०८२ (अप्रिल ३०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको भाउ स्थिर

    काठमाडौं, वैशाख १६ – नेपाली सुन बजारमा मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी...

    एनआरएनए निर्वाचन समितिद्वारा पहिलो मतदाता नामावली सार्वजनिक

    काठमाडौँ, वैशाख १६ – गैरआवासीय नेपाली संघ (एनआरएनए) को एकता महाधिवेशनका लागि गठित निर्वाचन समितिले...