News Portal

  • कुवेतबाट नेपाल पैसा पठाऊन अमन एक्सचेन्ज नै रोज्नुहोस्।

  • दक्षिण कोरियाले ईपीएस अन्तर्गत सीप कार्यक्रमको तयारी

    हिमालीसंचार संवाददाता
    १४४ पटक

    काठमाडौं – दक्षिण कोरियाले रोजगार अनुमति प्रणाली (ईपीएस) अन्तर्गत रोजगारी गरी फर्केका श्रमिकका लागि पाइलट प्रोजेक्टका रूपमा नेपालमा पुनः एकीकरण तालिम सञ्चालन गर्ने भएको छ । कोरिया सरकारले ईपीएसअन्तर्गत अन्य १५ राष्ट्रलाई छोडेर नगद सहयोगसहितको सीप कार्यक्रम नेपालबाट सुरु गर्न लागेको हो।

    ईपीएस सेन्टर एचआरडीमा नेपाल प्रमुख किम उन दकले नेपालमा सञ्चालन गरिने यो कार्यक्रम सफल भए अन्य ईपीएस सदस्य देशमा समेत गर्ने तयारी रहेको बताए । कोरियाले मे महिनाबाट ईपीएसअन्तर्गतका श्रमिकलाई पुनःएकीकरण कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको उनले जानकारी दिए।

    हाल दक्षिण कोरिया  सरकारको सहयोगमा बुटवलमा सीप तालिम केन्द्र सञ्चालनमा रहेको जनाउँदै किमले फर्केका युवालाई उद्यमशील बनाउन कार्यक्रम सञ्चालन गर्न लागेको जानकारी दिए। नेपाली श्रम बजारको माग र आवश्यकताका आधारमा विभिन्न क्षेत्रमा तालिम सञ्चालन गर्ने तयारी रहेको छ । आजको कारोबार दैनिकमा समाचार छ ।

    प्रतिकृया दिनुहोस्

    आजको राशिफल

    आज जेठ १५, २०८२ (मे २९, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    संसदमा बोलेनन्, पत्रकार सम्मेलनमा बोले गृहमन्त्री लेखक : “म दोषी होइन”

    काठमाडौं, जेठ १४ – भिजिट भिसा सम्बन्धी पछिल्ला दिनमा उठेका विवादहरूमाथि गृहमन्त्री रमेश लेखकले खुलस्त...

    राजावादी आन्दोलन चक्रपथ बाहिरै सीमित गर्न प्रधानमन्त्री ओलीको निर्देशन

    काठमाडौं, जेठ १४ – राजधानी काठमाडौंमा जेठ १५ गतेदेखि सुरु हुने भनिएको राजावादी आन्दोलनलाई लिएर...

    राजावादी धारका नेताहरूको सुरक्षामा फेरबदल, राप्रपाका शीर्ष नेताहरूका पीएसओ फिर्ता

    काठमाडौँ, जेठ १४ – देशको पछिल्लो राजनीतिक परिस्थितिसँगै सुरक्षा व्यवस्थामा चासो बढिरहेका बेला प्रहरी प्रधान...

    गृहमन्त्रीको राजीनामा माग यथावत्, बजेट अवरोध नगर्ने विपक्षी दलहरूको निर्णय

    काठमाडौं, जेठ १४ – संघीय संसद भवन, नयाँ बानेश्वरमा बुधबार बसेको विपक्षी दलहरूको बैठकले गृहमन्त्री...