News Portal

बुद्ध एयरको जहाजको सिटमा भेटियो १० हजार ८ सय अमेरिकी डलर

हिमालीसंचार संवाददाता
२७२ पटक

काठमाडौं – भद्रपुरबाट काठमाडौं आएको बुद्ध एयरको जहाजको सिटमा बेवारिसे अवस्थामा १० हजार ८ सय अमेरिकी डलर भेटिएको छ । नेपाल प्रहरीका अनुसार त्रिभुवन विमानस्थलको आन्तरिक उडानतर्फ विमान पार्किङ स्थलमा विमानस्थल १ सय दरका १ सय ८ थान नोट भेटिएको हो ।

जहाजको सिटमा छालाको ह्यान्ड ब्यागमा १० हजार ८ सय अमेरिकी डलर भेटिएको हो । बुद्ध एयरका अनुसार यो रकम एयर होस्टेसले फेला पारेर ग्राउण्ड इन्चार्जलाई बुझाएका थिए । 

उक्त रकम नेपाल नागरिक उड्डयन प्राधिकरणको रोहवरमा नेपाल प्रहरीलाई बुझाइएको थियो ।  प्रहरीले डलर बरामद गरी अनुसन्धानका लागि राजस्व अनुसन्धान विभाग हरिहरभवन ललितपुर पठाएको नेपाल प्रहरीले जानकारी गराएको छ 

प्रतिकृया दिनुहोस्

ज्ञानेन्द्र शाहीलाई ६ निर्वाचन क्षेत्रमा उम्मेदवारको सिफारिस

काठमाडौँ, ९ पुष – आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा निर्वाचनका लागि राप्रपाले आफ्ना...

पोखरा विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गर्ने ५ ट्याक्सी चालकलाई प्रतिबन्ध

पोखरा, पुष ९ – पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा यात्रुसँग अभद्र व्यवहार गरेको आरोपमा ५ जना ट्याक्सी...

डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवारको आकांक्षी

काठमाडौं, पुष ९ – हामी नेपाल पार्टीका संस्थापक उपसभापति डा. रूपक घिमिरे रास्वपाको समानुपातिक उम्मेदवार...

ठगी आरोपमा युरो एसिया एजुकेसन कन्सल्टेन्सीका सञ्चालक पक्राउ

काठमाडौं, पुष ९ – विदेश अध्ययनका लागि पठाइदिने भन्दै लाखौं रुपैयाँ ठगी गरेको आरोपमा युरो...

विघटित प्रतिनिधिसभा पुनर्स्थापनाबारे आज संवैधानिक इजलासमा सुनुवाइ

काठमाडौं, पुस ९ – विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापना गर्न माग गर्दै निवर्तमान सांसदहरूले दायर गरेको...